सेती बुल्दी दोभान घाटमा रोट्रयाक्ट दमौलीको सरसफाई

दमौली खबर संवाददाता

दमौली फागुन २९ ।

रोट्रयाक्ट क्लब अफ दमौलीलेसेती बुल्दी दोभान दमौली घाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास–३ मा रहेको घाट वरपर सरसफाई गरेको हो । रोटा सप्ताह अन्तर्गत सो सरसफाई गरिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो ।

सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले घाट साबिको सांझा थलो भएकाले सरसफाई संगै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले घाटमा पूर्वाधार निर्माण संगै व्यवस्थापनका लागी सहयोग गर्दै आएको जानकारी उहाँले दिनुभयो । घाट नजिक रहेका चौतारी पनि संरक्षण गर्नुपर्ने आवश्यक देखिको नगर प्रमुख न्यौपानेको भनाई थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्याले तनहुँले सहयोग गरेको कार्यक्रम संयोजक रवि अधिकारीले जानकारी दिनुभयो । महिला उद्दमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, सेती बुल्दी दोभान दमौली घाट व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापा लगायले घाटको व्यवस्थापन र सरसफाईमा सबैको साथ सहयोग हुनुपर्नेमा जोड दिनुभयो । क्लबले रोटा सप्ताह अन्तर्गत यसअघि शिक्षा सम्बन्धि इन्टरयाक्ट क्लबका विद्यार्थीलाई प्रशिक्षण, व्यानर परिवर्तन, स्व.सचिन स्मृति रक्तदान लगायतका कार्यक्रम गरिसकेको छ भने अब रोट्रयाक्ट दिवस र फुटसल कार्यक्रम बाँकी रहेको क्लबले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button