तनहुँमा मदिराको सेवन तथा विक्री वितरणमा रोक

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, कात्तिक २९ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते देखि तनहुँमा मदिराको बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलबार सूचना जारी गरेर जिल्लाभर मदिरा सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा हस्ताक्षर विज्ञप्तीमा मङ्सिर १ गते राती १२ बजे मतगणना कार्य सम्पन्न नभएसम्म जिल्ला समन्वय समितिको मत गणना स्थल वरपर मदिरा सेवन गर्न तथा विक्री वितरण गर्न प्रतिबन्ध गराईएको  जनाईएको छ । मङ्सिर ४ गतेको निर्वाचन पछि राती १२ बजे मतगणना कार्य सम्पन्न नभएसम्म जिल्ला समन्वय समितिको मत गणना स्थल निर्वाचन क्षेत्र नम्बर १  वरपर मदिरा सेवन गर्न तथा विक्री वितरण गर्न प्रतिबन्ध गराईएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ शुक्लागण्डकी नगरपालिकाको कार्यालय स्थित मतगणना स्थलको तीन सय मिटर वर पर मदिरा सेवन तथा विक्री वितरण निषेध गर्ने भनि मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएकोले सो निर्णयलाई कार्यान्वयन गर्न गराउन हुन सबैलाई सूचना जारी गरिएको छ ।  देखि लागू हुने गरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको उल्लेख छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button