तनहुँका ५ स्थानिय तहमा अस्पतालको शिलन्यास शुक्लागण्डकीमा वडालाई पनि पायक नपर्ने स्थानमा अस्पताल, भानुमा स्थगित

सरकारले स्थानिय तहका जनतासमक्ष स्वास्थ्य सेवाको पहुँच पु¥याउने उदेश्यले सोमबार एकैसाथ देशभरका ३ सय ९६ पालिकामा ५ देखी १५ शैय्याको पालिकास्तरिय अस्पताल शिलन्यास गरेको छ । तनहुँमा पनि १० मध्ये ५ स्थानिय तहमा अस्पताल शिलन्यास गरियो । पालिकाका जनताले स्वास्थ्य सेवा लिनलाई सबैलाई पायक पर्ने केन्द्रमा अस्पताल शिलन्यास हुनुपर्ने हो । तर, सरकारले पहुँँच र हचुवाको भरमा स्थान तोकेर पठाउँदा शुक्लागण्डकी नगरपालिमा भने वडाबासीलाई समेत पायक नपर्ने स्थानमा अस्पतालको शिलन्यास गरिएको छ । शुक्लागण्डकी नगरपालिका–११ बिसौना राईपुरमा १५ शैय्याको राईपुर प्राथमिक अस्पतालको शिलन्यास गरिएको हो । आईतबार गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले अस्पतालको शिलन्यास गरिन् । गाउँमैे अस्पताल, त्यो पनि १५ शैय्याको शिलन्यास भएपछि स्थानियमा खुशीको सिमा छैन् । अस्पताल बन्ने खुशीयालीमा बाजागाजासहित हर्ष बढ्याई गरियो । गाउँमा अस्पताल बन्यो भने कसैले अकालमा ज्यान गुमाउन नपर्नेमा विशवस्त रहेको स्थानिय सरस्वती भट्टराईले बताईन् । उनले भनिन्, ‘अस्पतालको शिलन्यास भएकोमा खुशि छौँ ।

यहाँ अस्पताल नहुदाँ गर्भवती महिला सुत्केरी हुन् स्याङजा बजार पुग्नुपर्ने बाध्यता थियो ।दैलोमै अस्पताल बन्न लागेको छ डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने दिनको अन्त्य हुने प्रतिक्षामा छौँ ।’ गरिब दिन दिखुले गाउँमै सर्वसुलभ स्वास्थ्य सेवा पाएर अकालमै ज्यान गुमाउन नपर्नेमा विश्वस्त रहेको उनको भनाई छ । राईपुरमा शिलन्यास गरिएको अस्पतालले धेरै क्षेत्रलाई सेवा दिने दाबी राजपुर मावीका पुर्व प्रधानध्यापक समेत रहेका कृष्णप्रसाद भट्टराईको छ । अगाडी थपे, ‘ धेरै क्षेत्रलाई समेटेकाले अस्पताल सहजलै चल्नेछ । अस्पताल चलाउनलाई नेपाल सरकारले गरेको लगानी खेरा जान नदिनलाई राईपुरबासी प्रतिबद्ध छौँ ।’ नगरपालिकाको कुनैपनि स्रोतसाधन परिचालन हुदैन, तर दरबन्दीको लागी सघाउनुपर्ने उनको भनाई छ । तनहुँ र स्याङजा जिल्लाको सिमाना नजिक शिलन्यास गरिएको अस्पतालले दुई जिल्लाबासीलाई सेवा दिनेमा दुईमत त छैन् । तर, पुरै शुक्लागण्डकी नगरपालिकाका जनताले त्यो अस्पतालबाट सेवा लिनलाई पायक पर्ने स्थान भने नभएको शुक्लागण्डकीका कर्मचारी र जनप्रतिनिधीको धारणा छ ।

अस्पताल निमार्णका लागि संघीय सरकारको करिब १८ करोड रुपैयाँ लगानी हुनेछ । यो बर्ष नगरपालिकालाई संघिय सरकारले १ करोड रुपैयाँ बजेट पठाएको जनाईएको छ । बजेट संघिय सरकारले पठाए पनि कार्यन्यनको पाटो स्थानिय सरकारले नै सम्हालनुपर्नेछ । तर, स्थानियले बाजागाजासहित अस्पताल शिलन्यास गर्दा नगरपालिकाले भने अस्पताल निर्माणको कुनै प्रकृया सुरु नभएको जनाएको छ । गत बर्ष फागुन २२ मा भएको शुक्लागण्डकीको हिँउदे सभा तथा छैठौँ नगरसभाले समेत राईपुर स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न मन्त्रालयले सुचना प्रकाशित गरेको भन्दै बिरामीको चाप, भौगलिक सुगमता र पुर्वाधारको अवस्थालाई मध्यनजर गर्दै शुक्लागण्डकी–४ दुलेगौँडामा रहेको खैरेनीटार स्वास्थ्य चौकीलाई सुचिकृत गरी संशोधन गर्न स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध गर्ने निर्णय गरेको शुक्लागण्डकीकी उपमेयर सविता रसाईलीले जानकारी दिईन् ।

त्यही वडाको केन्द्र साँखेमा नगरपालिकाले दुई बर्षदेखी नगरस्तरिय १५ शैय्याको ढोर फुलबारी शहिद अस्पताल सञ्चालन गरेको छ । तसर्थ पनि एउटै वडामा दुई वटा नगरस्तरिय अस्पताल सञ्चालन गर्न नहुने अधिकांश शुक्लागण्डकीवासीको धारणा छ । राईपुरका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन पुर्वाधार र सुविधायुक्त स्वास्थ्य संस्था अति आवश्यक भएतापनि त्यहाँ पालिकास्तरिय अस्पताल बनाउन उपयुक्त रसाईलीले बताईन् । उनले अस्पताल बनाउन नगरपालिकासंग समन्वय नभएको गुनासो गरिन् । शुक्लागण्डकी नगरपालिकाको केन्द्र दुलेगौँडा बजारदेखी २० किलोमिटर पर रहेको राईपुर बिसौनामा राईपुर स्वास्थ्य चौकी छ । त्यहाँ हेअ सहित ६ जनाको दरबन्दी रहेपनि हाल ४ जना मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । पुर्वाधार अभावले स्वास्थ्य चौकीले दिनुपर्ने सबैखाले सेवा प्रवाहा गर्न सकस छ । यस्तै जिल्लाका ४ स्थानिय तहमा भने सोमबार अस्पताल भवन शिलन्यास गरिएको छ । भीमाद नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको हो। भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ । भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

भीमादमा १५ र म्याग्दे, देवघाट र ऋषिङमा १०÷१० शैय्याको अस्पताल निर्माण हुनेछ । भीमाद नगरपालिका –६ मा तनहुँ क्षेत्र जबमर २ का संघिय सांसद केदार सिग्देलले शिलान्यास गर्दै सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याएको बताए । देवघाट गाउँपालिका–५ मा तनहुँ क्षेत्र नम्बर १ का संघिय सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गरे । ऋषिङ गाउँपालिका–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नै शिलन्यास गरेका हुन् । म्याग्दे गाउँपालिका –४ स्थित थर्पुमा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरिन् । जिल्लाको भानु नगरपालिकामा पनि सोमबार नै अस्पताल शिलान्यास गर्ने तयारी थियो । जग्गाको व्यवस्थापन भइसके पनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button