जिल्लामा ४० प्रतिशत रोपाई

दमौली खबर
तनहुँका ४० प्रतिशत भू–भागमा रोपाई भएको छ । पानी धेरै परेकाले खेतमा पानी प्रशस्त भएपनि कृषकले बिउ ढिला राखेकोले ६० प्रशित रोपाई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत केशवचन्द्र बगालेले जानकारी दिए । तनहुँमा राधा,सावित्री रामधान, सुगन्ध मसिनो अनदी, सुनौलो सुगन्ध, मकवानपुर, खूख्या २, लगायतका धान खेती हुने केन्द्रले जनाएको छ ।

गत वर्ष तनहुँमा ११ हजार २७९ हेक्टर खेतमा धान रोपाई भएकोमा ४४ हजार ७८२ मेट्रिकटन उत्पादन भएको केन्द्रकी अर्थविज्ञ प्रकृति न्यौपानेले जानकारी दिईन् । अर्थविज्ञ न्यौपानेका अनुसार तनहुँको भिमाद र शुक्लागण्डकीमा वासनद्धार सुनौलो सुगन्ध जातको नयाँ धानको खेतीको शुरुवात गरिएको छ । केन्द्रका अनुसार तनहुँमा खेती योग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ तर खेती गरिएको जमिनको क्षेत्रफल भने ५१ हजार ५१० रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button