दलबलका सहित पौडेलले गरे पुल उद्घाटन

नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल विहिबार दलबलका व्यास १ र १०, ११ जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । बुधबार सोही पुल उद्घाटन गर्न जाने क्रममा नेता पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको थियो ।बुधबार जिल्ला प्रशासन कार्यालय तनहँुले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी नेता पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर नेता पौडेल कार्यकर्ता सहित पुल उद्घाटन गर्न जाँदा प्रहरी सँग झडप भएको थियो । त्यसपछि प्रहरीले नेता पौडेललाई तीन घन्टा नियन्त्रणमा लिई छोडेको थियो । विहिबार पुल उद्घाटनमा प्रशासनले अवरोध गरेको थिएन । पुल उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार आफैमा कम्युनिस्ट नरहेको बताए ।उनले भने, ‘अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर नेपाल कम्युनिष्ट राज्य होइन,’ । उनले थपे,‘यी कम्युनिष्टले अब जनतालाई कति ढाट्नी । ’ उनले अहिलेको सरकार सिद्धान्तमा नरहि चलेको हुदाँ धेरै नटिक्ने उनको भनाई छ । उनले अहिलेको सरकारको हातमा लोकतन्त्र सुरक्षीत नरहेको भन्दै लोकतन्त्र जोगाउन लाग्नु पर्ने बताए । उनले भने,‘यो घटनाले देशभर तरङ फैलिएको छ । सबै आन्दोलीत हुन थालेका छन् । ’ उनले थपे,‘ यो त आन्दोलनको सुरुवात मात्र हो । अब सरकार विरुद्ध देशभर आन्दोलन हुने छ । ’

त्यस्तै उनले सघिंय सांसदलाई लक्षित गदै सांसद कोषको दुरुप्रयोग भएको जिकिर गरे । आफनो पार्टीमा प्रवेश गराउन सांसद कोषको दुरुप्रयोग गरेको उनको भनाई छ । त्यस्तै नेपाली काँगे्रसका केन्द्रिय सदस्य शंकर भण्डारीले यस घटनाले आगमी चुनावमा जनताखलाई सहि पार्टी छान्ने अवसर रहेको बताए । उनले भने,‘गत निर्वाचनमा हाम्रो हार भयो । यस समिक्षा गदै अबको चुनाबका लागि तयारी गर्ने छौं । यो घटनाले जनतालाई सहित की गलत भन्ने पार्टी छान्ने अवसर पाएको छ ।’केन्द्रयी सदस्य गोविन्द भटराईले प्रतिस्पर्दा विकास र विचारमा गर्नुपर्ने भन्दै अब काँगे्रस एकजुट हुन आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य प्रदिप पौडेलले सुनिश्चीत ढङगबाट भएको घटना भन्दै जिल्लामा काँगे्रस बलियो बनाउनु पर्ने बताए । गण्डकी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रमाथि खेलबाड गरे नराम्रो हुने चेतवानी दिदै देशभरका काँगे्रस एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा काँगे्रसका आमन्त्रित केन्द्रीय सदस्य धुव्र वाग्ले,सविंधान सभाख सदस्य रामचन्द्र पोखे्ररेल,गण्डकी प्रदेशका सांसद एवंम् नवलपूर जिल्ला काँगे्रसका सभापति विष्णुप्रसाद लामिछाने,जिल्ला समन्वय समित तनहँुका प्रमुख शान्तिरमण वाग्ले,, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले मण्डले कार्यले काँगे्रसलाई एक जुटहुने अवसर दिएको बताएका थिए । तत्कालीन जिल्ला बिकास समिति एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण सुरु भएर २०७५ कार्तिकमा सम्पन्न भएको हो । पुल बने पनि पक्की बाटो लगायतका संरचना बन्न बाँकी हुदाँ उद्घाटनमा ढिलाई भएको थियो ।

२ करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण दुई बर्ष अगाडी सकिएपनि पुलको उद्घाटन भने गरिएको थिएन् । कांग्रेस बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले आफ्ना नेता गृह जिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थिए । नेकपा श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने कांग्रेस पौडेलबाट । त्यसपछि बुधबार दमौलीको स्थिती तनावग्रस्त रहेको थियो । तत्कालीन जिल्ला बिकास समिति एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण सुरु भएर २०७५ कार्तिकमा सम्पन्न भएको हो । पुल बने पनि पक्की बाटो लगायतका संरचना बन्न बाँकी हुदाँ उद्घाटनमा ढिलाई भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताए ।

२ करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण दुई बर्ष अगाडी सकिएपनि पुलको उद्घाटन भने गरिएको थिएन् । कांग्रेस बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले आफ्ना नेता गृह जिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थिए । नेकपा श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने कांग्रेस पौडेलबाट । पुलको उद्घाटन गर्नु पहिला नेपाली काँगे्रस जिल्ला समितिले पार्टी कार्यलयबाट उद्घाटन स्थल सम्म हजारौंको संख्यामा ¥याली निकाली जिल्ला प्रशासनको विरोध गरेका थिए । बुधबार प्रहरी र प्रशासनले गरेको व्यवहारको विरोधमा कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिल्ला छोड्न चेतवानी दिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button