शितलचोकका पुरुषहरु वनभोजमा रमाए

दमौली खबर संवाददाता

दमौली, पुस ३० । व्यास नगरपालिका–शितलचोकका पुरुषहरु शनिबार वनभोजमा रमाएका छन् ।

शितलचोक टोल विकास सस्थाले व्यास नगरपालिको साँगे र माग्दे गाउँपालिकाको गुणादी दोभानमा गरिएको वनभोजमा रमाएका हुन् । वन भोजमा मनोरञ्जनमा अतिरिक्त टोलको सर्वाङ्गिण बिकासको सन्दर्भमा समेत छलफल गरिएको थियो । सस्थाका सल्लाहकार हरिशरण पण्डित , समाजसेवी प्रकाश श्रेष्ठ , शिक्षा प्रेमी कुमार थापा, सस्थाका उपाध्यक्ष सु. देवबहादुर गुरुङ, मोहन भण्डारी , वनभोज संयोजक प्रेम थापा लगायतले टोलको शैक्षिक , भौतिक लगायतका बिषयमा धारणा राख्नु भएको थियो । सो अवसरमा घैटो फुटाइ प्रतियोगिता समेत गरिएको थियो ।

व्यास गुठी नेवा खललमा नयाँ नेतृत्व

दमौली, पुस ३० । व्यास गुठी नेवा खललमा नयाँ नेतृत्व चयन भएको छ । नव गठित गुठीको अध्यक्षमा रामकुमार श्रेष्ठ, उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ, सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा ज.रेशमलाल श्रेष्ठ, सहसचिवमा विष्णुमाया प्रधान चयन हुनु भएको छ । सदस्यहरुमा राजु गोशली, रमेश श्रेष्ठ, रेशमलाल श्रेष्ठ, सरोज श्रेष्ठ, ह.बाबुराम श्रेष्ठ र भोजप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । सल्लाहकारहरुमा क्या.सन्तलाल श्रेष्ठ, र जुनकुमार श्रेष्ठ रहनु भएको छ ।

व्यास गुठी नेवा खललका निर्वतमान अध्यक्ष जुनकुमार श्रेष्ठको अध्यक्षमा बसेको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button