योग जागरण अभियान सञ्चालन गरौं

आईतबार आठौं योग दिवस देशभर विविध कार्यक्रम गरी मनाईएको छ । जुनसुकै उमेर र क्षमतामा महिला र तथा पुरुषहरु निरोगी भएमा सधैं स्वास्थ्य रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन, तनाव व्यवस्थापन गर्न, सकरात्मक सोचको विकास गराउन, जीवन पद्धतीमा परिवर्तन ल्याउन योगले मद्धत पुग्ने भएकोले योग जागरण अभियान सञ्चालन गरिनु पर्दछ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाए हो । यस लागि पनि योगको ठुलो महत्व रहेको छ ।

आत्मविश्वास बढाउन, प्रतिभा प्रस्फुटन गराउन, सक्षम बन्न शरिरमा रक्त सञ्चार बढाउन, शरिरका सबै अंगमा अक्सिजनको मात्रा पु¥याउन रोग प्रतिरोधात्मक क्षमता बढाउन, विभिन्न प्रकारका रोगहरु जस्तै टाउको दुखाई, कब्जियत हुने,घुँडा दुखाई, कोल्लेस्ट्रोल, मधुमेह, लिभर सम्बन्धि समस्या, ढाँड कम्मरको दुखाईका विरामीले लाभ लिन सक्छन् । यौनजन्य समस्याहरु र पिसाब आदिसँग सम्बन्धित समस्याहरु, स्त्रिीहरु जस्तै रत्तप्रदर, श्वेत प्रदर, आंङ्ग खस्ने, मासिक धर्मको पिडा, प्रजनन् अंगहरुसँग सम्बन्धित समस्याहरु , प्राष्टेड ग्रन्थी तथा हर्निया सम्बन्धि समस्याहरुबाट मुक्त हुन, चुरोट, सूर्ति, खैनी र मदिराको कुलतबाट मुक्ति हुने प्रक्रिया सहयोग पुग्ने भएको जागरण ल्याउन आवश्यक छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button