नेपाल यातायात मजुदर संघद्धारा मजदुरको सामुहिक विमा गरियो

दमौली खबर संवाददाता
तनहुँ, भदौ २१ गते ।
नेपाल यातायात मजदुर सङ्घ जिल्ला कार्य समिति तनहुँका सङ्घमा आबद्ध सबै मजुदुरको दुर्घटना विमा गरेको छ । सङ्घले काठमाडौं महानगरपालिका–१ नक्साल स्थित सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बिमाको सम्झौता गरेको हो । बिमा सम्झौतामा सङ्घका अध्यक्ष रघुनाथ खनाल र लिमिटेडका तनहुँ शाखाका प्रमुख प्रकाश थापाले हस्ताक्षर साटासाट गरी बुधबार सम्झौता गर्नु भएको हो । सस्थाका अध्यक्ष खनालले मजदुरहरु दुर्घटना पर्दा पैसा नभएको कारणल उपचारमा समस्या पर्ने गरेको , मृत्यु भएको परिवारलाई आर्थिक समस्या पर्ने गरेकोले सामुहिक विमा गरिएको बताउनुभयो ।
सङ्घले मातहतका मजदुर तथा कामदारको नियमअनुसार लाग्ने शुल्क भुक्तानी गरेको । सङ्घका ३७ जना मजुरको बुधबार विमा गरिएको बाँकी चाँडै नै विमा गरिने सम्झौता कार्यक्रममा जानकारी दिईयो । दुर्घटनामा एक लाख सम्मको औषधी उपचार र मृत्यु भएमा थप लाख, दश हजार किरिया खर्च र १० हजार किरिया खर्च बापत जम्मा दुई लाख २० हजार रुपियाँको विमा गरिएको सङ्घका निर्वमान अध्यक्ष कुशेश्वर गुरुङले जानकारी दिनुभयो । सङ्घका आवद्ध तीन सय ८२ जनाकै विमा गरिने उनिहरुको विवरण सङ्कलन गर्ने कार्य धमाधम भईरहेको उहाँले जानकारी दिनुभयो । वार्षिक विमा गरिएको विमाको रकम सस्थाले नै व्यहोर्ने सङ्घले जनाएको छ । सङ्घले विमा गरेपछि मजदुरहरु खुसी भएका छन् । रामछाप घर हाल दमौलीमा मजदुर गर्ने शिवहरी कार्कीले मजदुरको समस्या प्रति ध्यान दिई विमा गरिदिएको खुसी लागेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button