निर्माण व्यावासयी संघ तनहुँको अधिवेशन सुरु

दमौली खबर संवाददाता
निर्माण व्यावासयी संघ तनहुँको २७ औँ बार्षिक साधारणसभा एवं १२ औँ जिल्ला अधिवेशन बुधवार दमौलीमा सुरु भएको छ ।
उक्त अधिवशेनको बुधबार उद्घाटन गर्दै निर्माण व्यावसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ्ग दोर्जे लामाले सरकारकै कारण निर्माण व्यावसायहरुले समयमा कार्य सम्पन्न  गर्न नसको बताउनुभयो । उहाँले विश्वभरी फैलिएको कोभिड १९ का का।ढा तथा रसिया र युक्रेन बिच चलको युद्धको कारण निर्माण सामाग्रीका अत्तिरिक्त तेलमा आकासिएको मुल्य वृद्धिका कारण निर्माण व्यावासयीले सम्झौता अनुसारको समय र मुल्यमा काम गर्न नसकेको बताउनुभयो ।
निर्माण व्यावसायी संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निर्माण व्यावसायी महासंघका केन्द्रिय उपाध्यक्ष खिम प्रसाद मल्ल, केन्द्रिय सदस्यहरु सुरज श्रेष्ठ, दान बहादुर खड्का, गण्डकी प्रदेशका अध्यक्ष टंक प्रसाद बरादल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, निर्माण व्यावसायी संघ तनहुँका पुर्व अध्यक्षहरु ऋषिराम अधिकारी, इमनाथ खनाल, वरिष्ठ उपाध्यक्ष यज्ञ प्रसाद खनाल, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी लगायतले निर्माण व्यावसायीले व्यक्तिगत लाभलाई मात्रै नहेरी गुणस्तरिय काममा जोड दिनुपर्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा  निमित्त महासचिव  टिकाराम पनेरुले प्रतिवेदन पेश गरेका थिए । संघको विहिवार हुने निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button