तनहँुमा भएन प्रचण्ड–माधव नेपालको कमिटि विस्तार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ । गण्डकीका ६ जिल्लामा पार्टी नेतृत्व चयन भएका छन् । तर तनहँुमा भने कमिटि विस्तार गरिएको छैन ।

प्रदेशका गोरखा, लमजुङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ र म्याग्दीमा जिल्ला अध्यक्ष र सचिव चयन भएका छन् । गोरखाको पार्टी अध्यक्षमा गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा छन् भने सचिवमा यादव बस्नेत छन् । लमजुङको अध्यक्षमा मधु अधिकारी र सचिवमा हिरा विक चयन हुँदा नवलपरासी पूर्वमा धनन्जय शर्मा अध्यक्ष र मित्रशरण शर्मा सचिव चुनिएका छन् । भक्त कुँवर र सुदिप कुँवर पर्वतमा अध्यक्ष र सचिव बनाइएका छन् ।

पार्टी नेतृत्वले बागलुङमा इन्द्र्रलाल सापकोटालाई अध्यक्ष बनाउँदा ज्ञाननाथ गैरेलाई सचिव बनाएको छ । म्याग्दीमा अध्यक्ष गोविन्द पौडेल र बालकृष्ण सुवेदीलाई सचिव नियुक्त गरिएको छ । बाँकी जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । तनहँुमा जिल्ला अध्यक्षमा केपि ओली पक्षका निवर्तमान सांसद केदार सिग्देल रहेका छन् भने सचिवमा माधव प्रचण्ड–माधव नेपाल पक्षका राजेन्द्रकेशरी न्यौपाने रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button