दर्शनार्थीलाई खुल्यो ढोरवाराही मन्दिर

तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरवाराही मन्दिर ९ महिनापछि भक्तजनका लागी खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको वहाली पुजा गरेपछि भक्तजनालाई खुला गरेको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष बताए । उनका अनुसार नगरपालिकाले मन्दिरमा बोका वलि दिएर पुजा गरिएको हो ।

चैतमा लकडाउन भएदेखि मन्दिर भक्तजनका लागी बन्द थियो । नगर कार्यपालिका बैठकले स्वास्थ्यको मापदण्ड अपनाएर मन्दिर खुलाउने निर्णय गरेसंगै भक्तजनलाई खुला गरेको उहाँले बताउनुभयो । ‘मन्दिर बन्द भएपनि भक्तजन आईरहने गर्नुभयो । कतिले बिचमै वलि पनि दिएको देख्यौँ । तसर्थ खोल्ने निर्णय भयो’, वडाध्यक्ष श्रेष्ठले भने ।

शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलामा रहेको ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।

जंगलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ । पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हुदाँ लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।

मन्दिरमा बडादशँैको नवदु्र्गा, चैतेदशैँको नवदुर्गा, नयाँबर्षको दिन, बैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्क्तजनको ओईरो लाग्ने गर्दछ । मनले चिताएको पुरा हुने जनविश्वासकासाथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button