बजेट निर्माणमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाई ।।

दमौली खबर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको सबै ध्यान नीति र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको दाबी गर्दै अब नीति र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि विगतभन्दा केही नयाँ, केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउने प्रधानमन्त्रीले बताउनुभयो । परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न नसक्ने भन्दै उहाँले अर्थतन्त्रका चुनौती पार लगाउन नयाँ ढङ्गले योजना बनाउनुपर्ने बताउनुभयो । सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने पनि प्रचण्डले दाबी गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button