रवी लामिछानेलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग ।।

दमौली खबर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगमा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रहेको रिटमा निवेदकले करिब ४५ मिनेट र लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायीले १५ मिनेट बहस गरेका हुन् । बहसमा रिट निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता रमण कर्ण, अधिवक्ता राधिका खतिवडालगायतले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु नपर्ने निर्णय बदर गर्न माग गरेका छन् । उनिहरुले बहसका क्रममा लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको ठहर हुने कुनै प्रमाणित निस्सा हालसम्म पनि पेस गर्न नसकेको बताएका छन् । सो कारणले मुद्दाको टुङ्गो नलाग्दासम्म लामिछानेलाई कुनै पनि राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको छ । साथै, लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय माघ १३ गते संवैधानिक इजलासबाट लामिछानेको सांसद पद खारेज गर्ने फैसलाले टुङ्गो लागिसकेको बताउनुभएको छ । पोखरेलले सो फैसलामा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय स्थापित नै रहेको दाबी गर्नुभएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button