मतदाता शिक्षालाई प्रभावकारी बनाऔं

दमौली खबर संवाददाता

यही १० गते गते तनहुँको क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यको उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी चहल पहल बढको छ । उपनिर्वाचनको क्रममा बिहीबार नौ जनाको उम्मेदवारी कायम हुनुका साथै निर्वाचन चिन्ह समेत प्रदान गरिएको छ । निर्वाचनमा एक मतले हार जित हुन्छ । यसर्थ निर्वाचन आयोग तथा राजनीतिक दलले मत बदर हुनबाट जोगाउन जति धेरै मतदाता शिक्षा प्रभावकारी हुन्छ त्यति नै मत बदर कम हुन्छ । तनहुँमा मंसिरमा सम्पन्न निर्वाचनमा करीव ६ प्रतिशत मत बदर भएको थियो । यो ठुलो संख्या हो । साथै ५४ प्रतिशत मत मात्रै खसेको थियो । मतदातालाई मतको अर्थ बुझाउन नसक्दा मत कम खसेको हो । भोट हालेर के हुन्छर ? भन्ने प्रश्न मनमा उब्जिएकालाई जवाफ दिनु पर्दछ । खास गरी सुन्दर हाम्रो देश बेरोजगारीले गर्दा छाड्ने क्रम समेत बढेको छ । विकसित देशमा गएर उतैको नागरिक बन्ने, युवाहरु पनि खाडीमुलुकमा काम गर्न जाने जस्ता कारणले जनशक्तिको अभाव हुँदै गएको छ ।

सुन्दर देशका नागरिक मरुभूमीमा गएर काम गर्नु परेको छ । यसले पनि मतदातालाई भोट हाल्न मन नलागेको हुन सक्छ । नेताहरुले पनि यसलाई गंभिर रुपमा लिएर जनताको हितमा काम गर्नुपर्दछ । भ्रष्ट्राचार रोक्ने, छिटो र छरितो रुपमा काम गर्ने, विदेशी समानको प्रयोग कम गर्ने, फजुल खर्च घटाउने जस्ता कुरामा ध्यान दिन सक्छौं । मतदान गर्दा मत कसरी बदर हुँदैन भन्ने कुरालाई व्यापकता दिन नसक्दा बदर मत धेरै भएको हो । सरकारसँग थोरै बजेट हुँदा मतदाता शिक्षालाई प्रभावकारी बनाउन कठिन भएको छ । राजनीतिक दलले पनि आफ्नो मत बढाउन मतदातालाई बदर नहुने तरिका सिकाउनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button