अनन्त गुफा परिशरमा ५८ वटा चौतारा निर्माण गरिने

दमौली खबर संवाददाता
दमौली,  कात्तिक ३
व्यास नगरपालिका–१० डिहीगाउँ स्थित अन्नत व्यास कर्म गुफा परिशरमा ५४ वटा चौतारो निर्माण गरिने भएको छ ।
     २०६३ सालमा रोपिएका एक सय आठ वर र पिपलका बिरुवा हुर्की सकेकोले उत्त सङ्ख्यामा चौतारो निर्माण गर्न लागिएको अनन्त व्यास कर्म गुफा संरक्षण समितिका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिनुभयो । चौतारा निर्माणको लागि गुरुयोजना तयार भईसकेको  छ । एक चौतारा एक लाख ६७ हजार दरले ९० लाख १८ हजार रुपियाँ गुरुयोजना तयार पारेको अध्यक्ष कुँवरले बताउनुभयो ।
 वर र पिपलका बिरुवा हुर्काउनेको लागि कात्तिक ५ गते शनिबार भेला डाकिएको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक गुफा भएको र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी वर पिपल लगाइएको अध्यक्ष कुँवर बताउनुहुन्छ । समितिले महिनाको दश हजार रुपियाँ एवं खाना र बस्नको सुविधा दिएर चौतारा हुर्काईएको कुँवरले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले पनि वर पिपल  हुर्काउने कार्यको लागि  ५ लाख रुपियाँ बजेट बिनियोजना गरेको समितिले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button