व्यास नगरपालिकाको ३८ औँ नगर सभा सुरु शंकरराज नहर्की

दमौली खबर संवाददाता

दमौली, पुस २८

व्यास नगरपालिकाको ३८ औँ नगरसभा व्यास नगरपालिकाको सभाहल दमौलीमा विहिवार सुरु भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुख न्यौपानेले नीति तथा कार्यक्रमको समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपप्रमुख इन्दिरा दरैले नगरसभामा संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । २८ औँ नगरसभामा ७ वटा विद्येयक पेश गरिनुका साथै संशोधित बजेट तथा कार्यक्रमहरु शुक्रवार संशोधन सहित पारित गरिने भएको छ । यसैगरी विहिवार विषयगत समितिको प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताउनुभयो । नगर सभामा नगर प्रमुख न्यौपानेले हाल सम्म १४ वटा वडाहरुमा कुल एक हजार ५३ योजनाहरुमा उपभोत्ता समिति मार्फत गरिने एक हजार मध्ये दुइ सय ३६ योजनाको कार्य सम्पन्न, चार सय ३२ वटा सम्झौता भई बाँकी रहेको छ भने ठेक्का मार्फत सञ्चालन हुने योजनाहरु ५३ वटा मा १२ वटा सम्पन्न, सम्झौता सम्पन्न ३३ र सम्झौता नभएको ३२ वटा रहेको नगर सभामा जानकारी दिनु भएको थियो । नगरवासीका असिमिति आकांक्षाहरु हुने भएकोले सबैलाई सम्बोधन गर्न कठिन भएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

गत वर्ष संघीय मन्त्रालयबाट प्रत्याभूत भएका विशेष तथा समपुर योजनाको रकम प्राप्त नहनुे जस्ता समस्याले काम गर्न कठिन भएको उहाँले बताउनुभयो । बजेट निर्माणका क्रममा सम्बोधन हुन नसकेका कार्यक्रमहरुलाई वडाबाट सिफारिस भई जुनसुकै बेला माग गर्ने प्रवृतिले व्यवस्थापन गर्न कठिनाई भएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । यस वर्ष मादी नदीमा गत वर्ष करीव ६ करोड प्राप्त भएको ढुंगा, गिटी, बालुवाको पटक पटक डेण्डर गर्दा पनि डेण्डर नपर्ने, मालपोतबाट प्राप्त भईरहेको रजिट्रसन दस्तुर कित्ता काटको अवरोधले प्राप्त नहनुे जस्ता कारणले गर्दा अपेक्षा कार्यक्रमलाई पूर्णता दिन नसकिएको न्योपौने बताउनुहुन्छ । नगरपालिका भित्र अत्याधिक बेरुजु रहेको भन्ने चर्चा रहेको हुँदा उक्त बेरुजु कुनै पनि जनप्रतिनिधीसँग व्यक्तिगत रुपमा नरहेको, अधिकांश बेरुजी विद्यालयको भौतिक संरचना, शिक्षक तलब भत्तासँग जोडिएको विषयलाई मनन गर्न र बेरुजु रकम कम गर्दै शुन्य बेरुजुमा झार्न नगरमा प्रत्यनशिल रहेको नगर प्रमुख न्यौपानेले सभामा जानकारी गराउनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button