बन्दिपुरको कुकुर्दिमा माघे सक्रान्तीमा गोरु जुधाईने

दमौली खबर संवाददाता

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं २ को कुकुर्दिमा माघ १ गते गोरु जुधाईने भएको छ । नेपालीहरुको मुख्य पर्वको रुपमा लिईने माघे सक्रान्ती पर्वको अवसरमा माघे सक्रान्ती मेलामा पालिका भित्रका किसानले पालेका गोरु जुधाउन पाईने छ ।

बन्दिपुर २ मा रहेको नारायण–गोपाल युवा क्लवको आयोजनामा कुकुर्दिमा बर्सेनि गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार पाउने छन् । भने दोस्रो हुने धोरुका धनीले ७ हजार पुरस्कार पाउने क्लवका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिनुभयो ।

माघे सक्रान्ती पर्वको अवसरमा क्लवले आमा समुहका लागि डोरी तान्ने प्रतियोगिता , पुरुषका लागि बाँसको लिंगोबाट भाले टिपाई प्रतियोगिता र खुल्ला तर्फ घैंटो फुटाई प्रतियोगिता गरिने छ भने विविध साँस्कृतिक कार्यक्रमको समेत हुने आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button