नगर स्तरीय अस्पताल छिटो सम्पन्न गरौं

दमौली खबर संवाददाता

मानिसको लागि सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो । स्वास्थ्य उपचार समयमा पाएन भने मृत्यु हुन सक्छ । ग्रामिण क्षेत्रमा अस्तपतालको पहुँच नहुँदा अकालमै धेरैले ज्यान गुमाउनु पर्दछ । नेपालको संविधान २०७३ ले स्वास्थ्य अधिकारलाई मौलिक हकमा राखेको छ तर नेपालीले अझै पनि सिटामोल नपाएर मर्नु पर्ने अवस्था रहेको छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाईए पछि पनि स्वास्थ्यको पहुँच ग्रामिण क्षेत्रमा समेत पुग्नेको लागि केही प्रयाश भएका छन् । तनहुँको भानु नगरपालिकाले पनि प्रयाश गरेको देखिएको छ । वडा नं १० कालिमाटीमा बन्न लागेको नगर स्तरीय अस्पतालको ३०१ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठिले शिलान्यास समेत गर्नु भएको छ । आठ करोडमा लागतमा अस्पताल निर्माण भए सगै बिरामीले स्वास्थ्य सेवा लिनका लागि महँगो रकम खर्च गरेर काठमाडौं, पोखरा र नारायणगढ धाई रहनु नपर्ने आशा गाउँवासीमा छ । गाउँवासीको आशालाई निराशा नबनाउन स्थानीय सरकारले ध्यान दिएर निर्माण कार्य दु्रत गरी आवश्यक जनशक्तिको जोहोको लागि कार्य गर्नुपर्दछ । यो क्षेत्रमा स्तरीय अस्पताल नहुँदा स्थानीय वासिन्दाहरु टाढा टाढा धाउनु परेको कुरालाई मनन गरी शिघ्र सम्पन्न गर्न निर्माण कर्ता कम्पनीलाई तोकेता गर्ने, निर्माण कार्यको बेला बेलामा अनुगमन गर्ने र कमजोरी भएर सुधार गराउनु पर्दछ । भानु नगरपालिका अधिकांश वडा बस्तीहरु पक्कि सडकको पहुँचमा नपुगेकोले भौगोलिक रुपमा विकट छन् । सडक अवस्था ठिक नहुँदा विरामीलाई उपचारको लागि समयमा लैजान पनि कठिनाई हुने गरेको कुरा विर्सन हुँदैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button