नेता पौडेलले विज्ञप्ती जारी गरेपछि गुणादीबासीले पानीको मुहान खोली दिए

दमौली खबर संवाददाता
दमौली, भदौ २८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले दिएको अभिव्यक्ति रुष्ट बनेछि बन्द भएको  खानेपानीको मुहान मंगलबारबाट खुला भएको छ । नेता पौडेले विज्ञप्ती मार्फत माफी मागेपछि म्याग्दे गाउँपालिका–१ का बासिन्दाले खानेपानीको मुहान खुला गरेका हुन् ।
मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको समस्या भएको थियो  । नेता पौडेलले १०९ औं बिपी जयन्तीको दिन  नेपाली काँग्रेस तनहुँको दमौलीमा गरेको जनताको साथमा काँग्रेस अभियानको पहिलो चरणको समापन सभामा गुणादी बाराही मुलको पानीमा चुना भएकोले विरामी भएको अभिव्यक्ति दिनु भएको थियो  । अभिव्यक्ति रुष्ट बनेका बासिन्दाले खानेपानीको मुहानै बन्द गरिदिएका छन् । मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको समस्या भएको थियो ।
 विपी जयन्तीको दिन शुक्रबार दमौलीमा आयोजित एक कार्यक्रममा गुणादीको पानी खान अयोग्य भएको भन्दै भाषण गरेपछि आलोचना  काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यस घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । जिल्लाकै सवैभन्दा ठुलो बजार दमौलीका नागरिकहरुलाई खेत सुकाएर पानी दिएका गुणादी बासीले नेता पोैडेलको अभिव्यक्तिले आफुहरुको भावनामा चोट पुगेको भन्दै शनिबार मुहान बन्द गरिदिएका थिए । उनीहरुले आफुहरुको आवश्यकता रोकेर खानेपानी दिदाँ समेत लाञ्छना लगाइएको भन्दै वरिष्ठ नेता पौडेलले माफी नमागेसम्म पानी नदिने अडान लिएका थिए । गुणादी बासीको अडानबाट खानेपानी आपूर्तिमा समस्या हुन थालेपछि पौडेललेसामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्नु भएको हो  । उहाँले खानेपानी प्रशोधन हुनुपर्ने पक्षलाई समेटेका भएपनि अभिब्यक्तिलाई तोडमोड पारेर गलत सन्देश प्रवाह गराइएको भन्दै असन्तुष्टी समेत व्यक्त गर्नु भएको छ । उहाँले गृह जिल्लामा दमौली र गुणादीका नागरिक विचको सम्वन्ध सुमधुर हुनुपर्नेमा समेत जोड दिनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button