दुर्घटनामा साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष लोहनी घाईते

दमौली खबर संवाददाता

दमौली, माघ १०

दुर्घटनामा परी साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष ६० वर्षिय श्यामकृष्ण लोहनी घाईते हुनु भएको छ ।

पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ पालिङ, देउरालीमा मङ्गलबार साँझ ७ः३० बजे गाडीले ठक्कर दिँदा सोही ठाउँ निवासी लोहनी घाईते हुनु भएको हो । घर नजिकै सडकमा गाडीले ठक्कर दिएपछि घाईते हुनु भमएको हो । पृथ्वीराजमार्ग फराकिलो बनाउने काम गरिरहेका मजदुरले घाईते अवस्थामा देखेपछि प्रहरीले खबर गरेका थिए । घाईते लोहनीलाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उद्धार गरेको थियो । घाईते लोहनीको दमौली अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाईते लोहनी अनुहारमा चोट लागेकोले थप उपचार आवश्यक भएकोले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको दमौली अस्पतालले जनाएको छ । ठक्कर दिने गाडीको पहिचान हुन नसकेको र खोजी भईरहेको प्रहरीले जनाएको छ । घाईते लोहनीको होस खुलेको छ । ‘म सडकको छेउमा थिएँ पछाडीबाट गाडी हान्यो म लडेँ गाडीलाई ठम्याउन सकिन’ घाईते लोहनीले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button