गाँउलाई सहर बनाउने रहर

जिल्ला ग्रामीण पालिकाको रुपमा ऋषिङ गाँउपालिकालाई चिनिन्छ । पृथ्वीराज मार्गबाट झण्डै ४० कि.मिको दक्षिण तर्फ रहेको ऋषिङ गाँउपालिका बजारको कोलहबाट टाढा छ । ग्रामिण भेग रहेकाले युवाहरु वैदेशिक रोजगारीको लागि विदेशीने क्रम जारी छ । युवाहरुलाई गाँउमै राख्न गाँउपालिकाले गाँउलाई सहर बनाउने अभियानलाई सुरु गरेको छ ।

अमेरिका स्थित नेपाल दुतवास र स्टोरी साईकलको सहकार्यमा युवाको सहर बनाउन लागेको हो । आईतबार गाँउपालिका भवनमा एक कार्यक्रम आयोजना गरि युवाको सहर अभियानको उद्घाटन गरिएको छ । अनलाईन भिडियो मार्फत शुभकामना दिदै द्रुतवासकी प्रवक्ता ऐना रिचियरले युवाहरुलाई समेटेर स्थानिय तहको विकास गर्न आवश्यक रहेको बताईन् । उनले विकास गर्न युवाहरुको आवश्यकता रहेको भन्दै युवाहरुलाई डिजिटल प्रविधि मार्फत विकास गर्नुपर्ने बताईन् ।

उनले भनिन्,‘संस्थाले स्थानिय तह सँग समन्वय गदैं काम गदै आएको छ । शान्ती प्रजातन्त्री कायम गर्ने अमेरिका द्रुतवासको उद्देश्य रहेको छ । ’ द्रुतवासका संचार संयोजक अपार पौडेलले स्थानिय तहमा हुने काममा युवाको भूमिका कम भएको बताउदै उक्त अभियान ल्याईएको बताए । उनले भने,‘ईन्टरनेट नभएका कारण युवाहरु गाँउमा बस्न मानेका छैनन् । प्रविधि मैत्री गाँउ अहिलेको आवश्यकता हो ।’ उनले अघि भने,‘युवाहरुको समावेशीको लागि यस अभियान ल्याईएको हो। सुस्त सुस्त रहेको ऋषिङलाई डिजिटल मार्फत उठाउने काममा हामीले युवा र स्थानिय सरकारबीच पुलको काम गरेका छौं । ’ कार्यक्रमका संयोजक सौरभ ढकालले प्रविधिको सहि सदुप्रयोग गरेर दैनिक जीवनलाई थप सहज बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहजिकरण गदै कला संस्कृतिका विज्ञ मिलन वाग्लेले भौतिक विकास मात्र नभई संस्कृति र कलाको संरक्षण सँगै प्रर्वद्धन गर्नुपर्ने बताए । दिगो पर्यटनका विज्ञ देवेन्द्र बस्नेतले स्थानिय स्तरको उत्पादनको बजारिकरण गर्न प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न कार्यक्रम गरि पर्यटन भित्राउनु पर्ने बताए । कृषि प्रणालीका विज्ञ महेन्द्र श्रेष्ठले पालिकामै उत्पादन गर्ने कृषि प्रणालीको उत्पादनमा जोड दिनुपर्ने बताए ।

युवाको सहर अभियानले सुचना प्रविधिको अधिकतम प्रयोग गर्दै युवा शलिलाई आफनो गाँउ र सहरको विकासको लागि प्रोत्साहन गर्ने बताईएको छ । सुचना प्रविधिको प्रयोग गरि पर्यटकीय स्थानको पहिचान र प्रबद्र्धन, कृषिमा प्रोत्साहन तथा बजारिकरणको लागि सहयोग गर्ने भनिएको छ । कार्यक्रमका अध्यक्षता गरेका गाँउपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवालाई गाँउमै रोजगारी दिलाउन विभिन्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा व्यासन नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवंम् नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button