भोली नारी दिवसको उपलक्ष्यमा महिला खुला हाफ म्याराथन प्रतियोगिता हुँदै

दमौली खबर संवाददाता

दमौली, फागुन २३ ।

भोली बुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर तेस्रो व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक व्यास नगरपालिकाले सोमबार दमौलीमा पत्रकार सम्मेलनगरी जानकारी दिएको छ । प्रतियोगिताका संयोजक व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेल मितव्यायी तरिकाले प्रतियोगिता सम्पन्न गर्न लागिएको बताउनुभयो । उपप्रमुख इन्दिरा दरैले ऐतिहासिक, धार्मिक स्थलको पर्यटन प्रवद्र्धन गर्नका लागि प्रतियोगिताका आयोजना गरिएको उपप्रमुख दरैले बताउनुभयो ।

धार्मिक स्थल व्यास गुफादेखि ऐतिहासिक एवं पर्यटकीय स्थल तनहुँसुरसम्मको २१ किलोमिटरको दुरीमा सो म्याराथन गर्न लागिएको खेलकुद संयोजक एवं वडा नम्बर ९ का अध्यक्ष सुरेश थापाले बताए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ४१ हजार ७९, ३१ हजार ७९ र २१ हजार ७९ नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी उहाँले दिनुभयो । सान्त्वना ३ जनालाई ११ हजार ७९ का दरले पुरस्कार दिइनेछ आयोजकले जनाएको छ । सो म्याराथनको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

व्यास गुफा देखी अनसन चौतारी दुर्गा मन्दिर भोर्लेटारचोक, रानीगाएँ पोल्याङटार पराजुली चोक, बेल्टारी, धरमपानी, चण्डीथान, गद्धिचौतरा हुँदै व्यास नगरपालिकाको वडा नं. ११ स्थित ऐतिहासिक तनहुँसुर दरवार सम्म उक्त प्रतियोगिताको रुट रहेको पत्रकार सम्मेलनमा बताएको थियो । सोमबार सम्ममा २० जनाले नाम दर्ता गरेको र ५० जना सहभागी हुने अपेक्षा गरिएको शिक्षाका शाखाका प्रमुख नविन पराजुलीले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button