रोट¥याक्ट क्लव दमौलीको आयोजनामा दमौलीमा होली उत्सव गरियो

दमौली खबर संवाददाता

दमौली, फागुन २३

रोट¥याक्ट क्लव दमौलीको आयोजनामा दमौली स्थित अनसन चौतारी खेल मैदानमा होली उत्सव २०७९ सम्पन्न भएको छ ।

सयौं युवा युवतीहरुले एक आपसमा माया, प्रेम सद्भावका साथ रङ्गहरुको पर्व होली अर्थात फागुपूर्णिमा मनाएका छन् । रमाइलो उत्सव अन्तर्गत भएको महिला डोरी तान्ने प्रतियोगितामा बुल जिम हाउस प्रथम हुन सफल भएको छ भने पुरुषतर्फ डिमान्ड ए प्रथम भएको कार्यक्रमका संयोजक विशाल श्रेष्ठले बताउनुभयो । त्यस्तै बाँसको लिङ्गोबाट भाले झिक्ने तथा घैटो फुटबाउने खेलमा कसैले पनि सफलता हाँसिल गर्न सकेका थिएनन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button