आदिकवि क्याम्पस प्रमुख हड्खलेलाई सम्मान

कोरोना नियन्त्रणमा विशेष भूमिका खेलेको भन्दै व्यास १ मा रहेको आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान गरिएको छ ।काठमान्डौमा आयोजित फोकस नेपालले देशभरका शैक्षिक संस्थाका प्रमुख मध्ये हड्खलेलाई सम्मान गरेको हो । प्रथम उप राष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित कार्यक्रममा हड्खलेलाई सम्मान पत्रका साथ सम्मान गरे ।

प्रमुख हड्खलेसँगै स्थानीय सकारका प्रमुख, महिला अगुवा तथा समाजका विविध क्षेत्रका १२ जनालाई सम्मान गरिएको छ । कोभिड संक्रमणका समयमा आदिकवि भानुभक्त क्याम्पसमा आइसोलेसन तयार पारिएको हडखलेले उक्त व्यवस्थापनमा प्रत्यक्ष रुपमा काम गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button