सुर्यमूखी सहकारीको अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता
दमौली, कात्तिक २६ ।
व्यास ४ मा रहेको सुर्यमुखी कृषि सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी संस्थाकी ज्येष्ठ शेयर सदस्इ रोशनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रमुख उपेन्द्र दाहाल, माछापुच्छे्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वरबहादुर विष्ट, सहकारीका पूर्व अध्यक्ष झनक नारायण श्रैष्ठ, केशव राज श्रेष्ठ, सल्लाहकारहवरु विरेन्द्र बहादुर अधिकारी, प्रदिप राज अधिकारी तथा ईसुफ मोहत्मद मिया लगायतको उपस्थिति रहेको थियो । सहकारी संस्थाका कोषाध्यक्ष मञ्जु अधिकारीले कोषाध्यक्षको प्रतिवेदन, सविच भानु चापागाईले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  । स्वागत मन्तव्य संस्थका उपाध्यक्ष आशमाया कार्कीले गरेकी थिईन भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक शंकर कुमार श्रेष्ठले पेश गर्नु भएको थियो । शुभकामना मन्तव्य शेयर सदस्यमध्यबाट अर्जुन खड्का, सल्लाहकार केशव श्रेष्ठ, पूर्व अध्यक्ष झनक नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैकका प्रवन्धक उपेन्द्र दाहाल, माछापुच्छे सहकारीका अध्यक्ष इश्वर बहादुर विष्ट, कानुनी सल्लाहकार त्रिभुवन श्रेष्ठले आ–आफ्नो भनाई राखेको कार्यक्रमको सहजीकरण सचिव भानु चापागाईले गर्नु भएको थियो  । कार्यक्रममा ज्येष्ठ सदस्य पुरुष तर्फ रंगे माइला मिया र महिला तर्फ रजनी रानालाई सम्मान गरिएको थियो

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button