रड प्रहार गरी चौधरीद्धारा साथीको हत्या

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक २६ गते । साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु  भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षिय विरम आलेको मृत्यु भएको हो ।
     दुलेगौंडा स्थित रिमाल अटो केयरमा काम आलेलाई त्यही काम  गर्ने सर्लाही गौरीशंकर नगरपालिका–५ का २५ वर्षीय नविन कुमार चौधरीले रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  । शुक्रबार दिउँसो चौधरीले  टाउको लगाएका विभिन्न ठाउँमा रडले प्रहार गर्दा गंभिर घाईते भएका आले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । आलेलाई प्रहरीले तत्कालै उद्धार गरी तनहुँ सेवा अस्पताल दुलेगौडामा लगेकोमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो । चौधरीलाई घटना लगत्तै प्रक्राउ गरिएको प्रनाउ खड्का बताउनुहुन्छ । व्यत्तिगत रिसिबिले गर्दा हत्या गरेको अनुमान प्रहरीको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button