तनहुँ हाईड्रो पावर लिमिटेडको घिसिङद्धारा निरीक्षण

दमौली खबर संवाददाता

तनहुँ, चैत ८ गते ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नु भएको छ ।

कार्यकारी निर्देशक घिसिङले निरीक्षण पछि ब्रिफिङ गर्दै जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । ‘कुलेखानी बाहेक सञ्चालमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नु पर्ने अवस्था भएकाले यो आयोजनाको महत्वपूर्ण भएको हुँदा समयमानै पुरा गर्न जरुरी रहेको बताउनुभयो । तनहुँ जलविद्युत आयोजना रणनीतिक महत्वको जलाशय भएकाले निर्माण स्रोत, साधन, स्थानीय समस्या लगायतले गर्दा ढिलाइ गर्न नहुने र तोकिएकै समयमा पुरा गर्नु पर्ने बताउनुभयो । निर्माणमा समस्या परेमा तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न कदम चाल्ने घिसिङले बताउनुभयो । आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना भएकोले तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भन्नुभयो । घिसिङले नदी फर्काउने, बाँध राख्ने, संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभएको हो ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले तनहुँ जलविद्युत आयोजनाको र तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायतका विषयमा जानकारी गराउनु भएको थियो । घिसिङसँगै एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले निरीक्षण गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button