तनहुँ १ मा चैत्र २० मा उम्मेदवारी दर्ता गरिने

दमौली खबर संवाददाता

दमौली, चैत ८

वैशाख १ गते हुने तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा चैत २० गते उम्मेदवारी दर्ता गरिने भएको छ । यहाँबाट निर्वाचत रामचन्द्र पौडेल राष्ट्रपति बने पछि क्षेत्रमा खाली रहेको प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले तनहुँ १ मा पनि बारा २ र चितवन २ मा जस्तै वैशाख १० गते नै चुनाव गर्ने निर्णय गरेको छ । निर्वाचनमा भाग लिन चाहने दलहरुलाई चैत्र ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय उपलब्ध गराएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button