व्यासको वडा नम्बर २ द्धारा डस्टविन वितरण

दमौली खबर संवाददाता

दमौली, चैत ८

तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले फोहोरलाई कम्पोष्ट मल बनाउने चार सय ७५ वटा डस्टविन वितरण गरिएको छ ।

सरसफाईमा नमुना वडा बनाउन वडाबासीहरुलाई सोमबार डस्टविन वितरण गरेको हो । १७ वटा टोलका बासिन्दाहरुलाइवडाले गत वर्ष पनि त्यति नै डस्टविन वितरण गरेको थियो । प्रांगारिक मल बनाई कौशी खेती गर्ने र नगरलाई स्वच्छ बनाउन डस्टविन वितरण गरिएको वडा सदस्य सुरेश वाग्लेले बताउनुभयो । वडा अध्यक्ष काशीराम श्रेष्ठले वितरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले सरसफाईमा नमुना बनाउन डस्टविन उपलब्ध गराइएको बताए । वडा सदस्य सुरेश वाग्लेले वडा नं. २ लाई हराभरा, सुन्दर र वातावरण प्रदुषणमुक्त राख्न डस्टविन उपलब्ध गराइएको जानकारी दिनुभयो । घरबाट निस्कने फोहोरहरुलाई प्रांगारिक मल बनाइ कौशी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको वडा सचिव पम्फा बस्नेतले बताउनुभयो । डस्टविनमा मल उत्पादन गरी करेसाबारी र कौशीखेतीमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । १० लाख रुपैयाँको बजेटबाट डस्टविन खरिद गरी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button