दमौली अस्पतालमाको २४ सै घण्टा सेवालाई निरन्तरता दिऔं

अस्पतालमा आकस्मित विरामी भएको बेला मात्रै नभई जुनसुकै बेला पनि उपचार पाउने व्यवस्था गरिनु उपयुक्त हो । सार्वजानिका विदा तथा कार्यालय समय अघि र पछि पनि सेवा पाइने अवस्था आयो भने सर्वसाधरणले महंगो शुल्क तिरेर निजी क्लििनमा जानु पर्दैन । यस क्रममा तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले सबै प्रकारका सेवा २४ सै घण्टा सूचारु गरेर राम्रो काम गरेको छ । ढिलै भएपनि माघ १ गतेबाट सेवा सुरु गरेर राम्रो कार्यको प्रयाश भएको छ । सेवाग्राहीलाई रातीको समयमा उपचार गर्न आउँदा महंगो शुल्क तिरेर अस्पताल बाहिरको निजी ल्याब जानु पर्ने बाध्यता अन्त्य गर्नको लागि सेवा सुरु गरिएको बताईएको छ । समितिले आवश्यक कर्मचारीको व्यवस्थापन गरी सबै सेवालाई २४ सै घण्टा बिस्तार गरेको बताएको छ । यस अघि इमरजेन्सी २४ सै घण्टा चले पनि अन्य सेवाहरु विहान ७ बजे देखि साँभm ७ बजे सम्म मात्रै सञ्चालन गर्ने गरिएको अवस्थामा सेवा थप गर्नु राम्रो हो । फार्मेसी इमेजन्सी बाहेक अन्य सेवा २४ सै घण्टा नहुँदा राती आउने विरामीले ल्याब र एक्सरे सेवा लिन बाहिर जानु पर्ने बाध्यता यसले अन्त्य गरिदिएको छ । त्यसको अस्पतालले हाल विशेषज्ञ सेवालाई विस्तार गरेको छ । हरेक दिन छालाको रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, जनरल फिजिसियन, मेडिकल अधिकृत, हाडजोर्नी विशेषज्ञबाट सेवा प्रदान हुँदै आएको समितिले जनाएको छ । १५ शैयाको क्षमताको अस्पताललाई हाल ५० शैया सञ्चालन गरिएको छ । अस्पतालको स्तर उन्नतीको लागि दमौली अस्पतालको उत्तर तर्फ सिमाना जोडिएको कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको हालको जग्गा मध्ये २ रोपनी आना र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्वामित्वमा रहेको १.५ रोपनी गरी ३ रोपनी ८ आना जमिन भोगचलनको लागि प्राप्त भएको छ यि उपलब्धी हुनु खुसीको कुराको हो । यस कार्यको लागि अस्पतलका टिम धन्यवादको पात्र बनेका छन् । यो कार्यले निरन्तरता पाउनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button