सामुहिक खेती गरेर विपन्न आय वृद्धि गर्दै शिसुवा भतेरी सहकारी

दमौली खबर संवाददाता

तनहुँ, माघ २८ गते

तनहुँको एक सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्न सफल भएको छ ।

व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ । सोही ठाउँको मादीनदीको किनार नजिकैको शिसुवा भतेरीमा रहेको बाँझो जमिनमा सामुहिक खेती गरी आय आर्जनमा सहकारीले सहयोग पु¥याएको हो ।

सहकारीले सामुहिक खेती सुरु गरेपछि आफ्नो जमिन नभएर आलु तथा धान लगाउन अँधिया गर्न खेत खोज्दै जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसिमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयको लागि सामुहिक खेती गर्ने अवसर दिएको छ । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि सो सार्वजानिक जग्गा निशुल्क प्रयोग गर्न दिएपछि पाँच वर्ष अघि देखि सामुहिक खेती शुरु गरिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो । आय आर्जनको लागि ७० हजार रुपियाँमा जमिनलाई सम्माएर खेत बनाईएको र २५ हजारको खेतला प्रयोग गरी एक लाखमा रुपियाँमा लगानी गरी सहकारीले पाँच वर्ष अघि खेती शुरुवात गरेको उहाँले जानकारी दिनुभयो । सहकारीले राम्रो कार्य गरेकाले गत वर्ष सामुहिक खेतीको लागि सहज बनाउन झण्डै १७ लाख रुपियाँ पर्ने ट्याक्टर व्यास नगरपालिकाले सहयोग गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । कृषि क्रान्ति गर्नको लागि सामुहिक खेती सञ्चालन गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने सहकारीले जनाएको छ । चरिचरन बन्द गरेर स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारी मार्फत खेती गरिएको निर्बमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । ‘‘जमिनको पहुँच नहुने कृषकको लागि फलदायक भएको छ सापकोटाले भन्नुभयो सहकारीको सदस्य बनाउने र जसको जमिन छैन उसलाई जमिन दिने गरिएको छ ’’ । सामुहिक खेतीले मेरो जग्गा छैन मैलै काम पाईन भन्ने चिन्ता सहकारीले सामुहिक खेती गरेपछि हटेको छ ।

सहकारीले पराल र घाँस सोही ठाउँ स्थित शिवालय गौ संरक्षण केन्द्रलाई दिने गरेको छ । केन्द्रले गाईको मल तथा मुत्र सामुहिक खेतीको लागि दिने गरेको छ । ‘‘स्थानीय गाईको मल र मुत्र प्रयोग गरिएकोले खेती राम्रोसँग फष्टाएको र रोग पनि लागेको छैन’’ सहकारीका अध्यक्ष शर्माले भन्नुभयो । निम्न आय भएका कृषकलाई सहकारीमा आवद्ध गराएर आयवृद्धिको लागि गर्नको लागि विभिन्न तरकारी, धान तथा माछा पोखरी सहकारीले निर्माण गरेको छ । १२ माछा पोखरीबाट वार्षिक रुपमा दुई लाखको माछा विक्री गरेको अध्यक्ष शर्माले बताउनुभयो । स्थानीय वासिन्दा तथा चण्डीदेवि राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले विपन्न समुदाय सहकारीमा आवद्ध भई सामुहिक खेती, गाईभैंसीको दुध विक्री गर्ने गरेकाले मासिक १५ हजार देखि ३० हजार सम्म आम्दानी गर्न थालेको जानकारी दिनुभयो । सहकारीमा ११० जना आवद्ध छन् । आफ्नो जमिन नहुने विपन्नको लागि भने सामुहिक खेतीमा आवद्ध गराएको छ । ३० रोपनी सार्वजानिक जग्गा विपन्नको प्रयोग गर्नको लागि दिईएको वडा कार्यालयले जनाएको छ ।

विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरि लागत घटाउन गाउँका सबैलाई सामुहिक खेतीमा आवद्ध गराइने सहकारीले जनाएको छ । सहकारीका अनुसार बिपन्न समुदायले धान, आलु र मकै खेती गरेका छन् । खेती गरेपछि तरकारी किनेर ल्याउन नपरेको पशुपालन तर्फ कृषकको आकर्षण बढेको छ । हाल सहकारीद्धारा आलु खेती गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button