तनहुँका कृषकले अझै मल पाएनन्, घट्ने भयो धान उत्पादन

दमौली खबर संवादाता
दमौली, १२ साउन ।  बालीमा रासायनिक मल राख्न नपाएर उत्पादन घट्ने भएपछि तनहुँका कृषकहरु चिन्तामा परेका छन् ।
   लामो समय देखि मल अभाव भएकाले कृषकहरु चिन्तामा परेका हुन् । रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस वर्ष लामो समय देखी नै मल अभाव हुन थालेको हो । मल अभाव हुँदा तनहुँका किसानले यस पटक युरिया र डिएपि मल विनै धान रोप्न बाध्य भएका । अवैध रुपमा ब्यापारीले ल्याएका मल सिमित चर्काे मुल्य तिरेर खरिद गरेपनि सरकारले समयमे मल खरिद गर्न नसक्दा किसान विना मल रोपाई गर्न बाध्य भएका हुन् । जिल्लामा सिंचाई सुविधा पुगेका अधिकाँश स्थानमा रोपाई सम्पन्न भएपनि लामो समय बर्षात नहुदाँ टारी खेतहरुमा रोपाई हुन सकेको थिएन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button