समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाख जग्गा दान

दमौली खबर संवाददाता
छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं. १३  छाब्दी निवास निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईले ४८ लाख पर्ने आठ÷आठ आना जग्गा छाव्दी शहरी स्वास्थ्य केन्द्रलाई दान दिनु भएको हो ।
व्यास नगरपालिका वडा नं. १२, १३ र १४ का बासिन्दाहरु बिरामी पर्दा सदरमुकाम दमौली नै धाउनुपर्ने देखेपछि उनिहरुले उक्त जग्गा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् । छाब्दी आसपासमा नै स्वास्थ्य केन्द्र स्थापना भइदिए सजिलो हुने बिचारले मैले ८ आना जग्गा स्वास्थ्य केन्द्रलाई दिएको हुँ टेक बहादुर पन्थले बताउनुभयो । हामीले दिएको ८ आना जग्गाले यस भेगका जनताको भलो हुने देखेर नै आफुँले पनि ८ आना जग्गा दिएको जग्गादाता रामकृष्ण सेढाईले बताउनुभयो ।  आमजनताले सेवा  र सुविधा पाउने सोचाइले यो काम गरे उहाँले थप्नु भयो । त्यसैको परिणाम स्वरुप अहिले उक्त स्थानमा व्यास नगरपालिका नगरपलिकाको कार्यालय छाब्दी शहरी स्वास्थ्य केन्द्र तनहुँ अन्तर्गत ४ कोठे सुविधा सम्पन्न भवन बनेको छ । अहिले उक्त क्षेत्र आसपासका सयौँ व्यक्तिहरुलाई सामान्य विरामी परेको अवस्थामा उक्त केन्द्रले सेवा दिने गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button