व्यास नगरपालिकाद्धारा कृषकको समस्या समाधानको लागि पहल

दमौली खबर संवाददाता

दमौली, चैत २

तनहुँमा आन्दोलनरत कृषकको समस्या समाधानको लागि व्यास नगरपालिकाले पहल गरेको छ । मूल्य नपाएर घाटामा बेच्नु परेको र बैंकको ब्याज बढेर पेशाबाट विस्थापित हुनु परेको भन्दै तनहुँका कृषकहरु आन्दोलित भएका कृषकको समस्या समाधानको लागि नगर प्रमुख वैकुष्ठ न्यौपानेले पहल गर्नु भएको हो ।

नगर प्रमुख न्यौपानेले बैंक, बित्तिय सस्था तथा बिमा कम्पनीसँग कृषकलाई राखेर समाधानको लागि पहल गरिएको छ । कृषकको समस्या प्रति सबै गंभिर बनुन् भनेर अन्तरक्रिया गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । तनहुँका कृषकहरुले गत साता दमौलीमा बैङक तथा बित्तीय संस्थाहरुले आफुहरु माथि चर्को व्याजदर लगाएको, कोभिडका समयमा व्यवसाय धरासायी भएको तथा आफ्ना उत्पादित बस्तुहरुले उचित मुल्य नपाएको भनि दमौलीमा ¥याली गरी व्यास नगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

यसै परिपेक्षमा बुधवार व्यास नगरपालिकाको पहलमा दमौलीमा बैक तथा वित्तिय संस्था र सयुक्त व्यवसायिक कृषक बिच एक अन्तरक्रिया कार्यक्रम भएको छ । व्यवसायिक कृषक, दमौलीमा रहेका सम्पूर्ण बैङकका प्रमुख तथा प्रतिनिधि तथा निरजिवन बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु तथा व्यास नगरपालिकाका प्रमुखको सहभागीतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा कृषकहरुले बैंकको व्याजदर घटाउनुपर्ने, कृषहरुले लिएको ऋण प्रति बैङ्क अनुदान रहेकोले यस विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । कार्यक्रममा जिल्ला कृषि विकास बैक दमौलीका प्रमुख भोलानाथ शर्माले बैँकहरुले साझ निति बनाएर प्रदेश सरकार देखि केन्द्र सम्म कृषकहरुका समस्या पु¥याउने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै कृषका जायज मागका अतिरिक्त समस्या समाधानका उपाय पनि केहि हदसम्म आएको बताउनुभयो । अन्तरक्रियाबाट आएका कुराहरुलाई समाधानको लागि पहल गर्ने सहभागीले प्रतिबद्धता व्यक्त गरेका थिए । तनहुँका व्यवसायिक कृषकहरु एक जुट भई सङ्घष समिति नै गठन गरेर आन्दोलित भएका थिए ।

दाना, चोकर, पराल लगायतको भाउ महङ्गो हुनु, एकतर्फी रुपमा बैंकको व्याज बढ्नु, धेरै तहका बिचौलियाले गर्दा जसोतसो चलेको व्यवसाय पनि चरम घाटामा गएकाले आन्दोलन सुरु गरिएको र समाधानको लागि दबाब सृजना गरिरहेको सङ्घर्ष समितिका अध्यक्ष मित्र दुराले बताउनुभयो । सस्तो मूल्यमा आयातीत भारतीय विषादीयुक्त उत्पादनले गर्दा नेपाली कृषकहरुले चरम घाटामा बेच्नु परेकाले बैंकको ब्याज तिर्न नसक्ने अवस्था आएको समितिका सहसंयोजक इश्वर पन्थले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button