विमान दुर्घटना प्रति पूर्वगृहमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता

दमौली, माघ २ ।

पोखरामा आईतबार विहान भएको यति एयरलायन्सको जहाज दुर्घटना प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । शोक वक्तव्य जारी गरी नेता जोशीले अन्त्यन्तै दुःखद घटना भएको सबै नेपाली अत्यन्तै दुखीत भएको अनुभव भएको उल्लेख गर्नु भएको थियो ।

शोक विज्ञप्तीमा यस दुःखत दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्नु भएको छ । आगामी दिनमा यस्ता घटनाहरु नदोरिन सरकारले गंभिर पूर्वक ध्यान दिनु पर्ने शोक विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैबीच बीपी विचार समाज तनहुँले पनि दुःख व्यक्त गरिएको छ । समाजका सभापति हरिशरण पण्डितद्धारा जारी विज्ञप्तीमा दुःख व्यक्त गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button