विमाबारे सचेतना जगाऔं

विमाको फाइदाबारे जनचेतना जगाउन नसक्दा नेपालका अधिकांश नागरिकले विमा गरेका छैनन् । सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्ने भएपनि यसबारे अधिकांशले पुरा ज्ञान नपाएकोले नै नेपालमा अधिकांश नागरिक जीवन तथा र्निजिवन विमा गरेका हुँदैनन् । नेपाल बीमा प्राधिकरण काठमाडौको बिमालाई प्रभावकारी बनाउन ‘स्थानिय सरकार संग बीमा’ कार्यक्रम सञ्चालन गरेको छ । यो राम्रो काम हो । यसको लागि विशेष गरी जनप्रतिनिधीको भूमिका ठुलो हुन्छ ।

अधिकां जनताको आय स्तर कम हुनु र ग्रामिण क्षेत्रमा बिमाको पहुँच पुुग्न नसक्दा विमाबाट अधिकांश मानिस लाभान्वित हुन नसकेका हुन् । विमा सम्बन्धी गुनासो सुनी समस्या समाधान गर्ने, बीमा सम्बन्धी जनचेतना जगाउने र बीमा जोखिम समावेश गर्ने कुराहरु बुझाउने उदेश्यले आयोजीत कार्यक्रममा व्यास नगरपालिकाका १४ वटै वडाका प्रतिनिधि, तनहुँ जिल्लामा रहेका जीवन बीमा तथा निजीवन विमा कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । नेपालमा हाल १८ वटा जीवनबीमा कम्पनी तथा १८ वटा, पुनर्बीमा कम्पनी २ र लघु विमा कम्पनी सात वटा रहका बताएका छन् । यि सबै विमा कम्पनीले जनचेतना जगाउन विशेष अभियान नै सञ्चालन गर्नुपर्दछ । बिमाले बचत गर्ने बानीको विकास हुन्छ भने समस्या परेको बेला मद्धत गर्दछ । यसर्थ सबै नागरिकले जीवन तथा र्निजिवन दुवै विमा गर्नु पर्दछ । पशुचौपायको पनि बिमा गरेर जोखिमबाट बच्नु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button