उद्योग वाणिज्य संघ र ईकाइको अधिवेशन एकै दिन

तनहँु उद्योग वाणिज्य संघ र दमौली बजार ईकाइको अधिवेशन एकै दिन हुने भएको छ । आगामी चैत २० र २१ गतेका लागि तय गरिएको तनहँु उद्योग वाणिज्य संघ दमौली बजार ईकाइको साधारणसभा तथा अधिवेशनको मिति परिवर्तन गरिएसँगै उद्योग वाणिज्य संघको अधिवेशन एकै दिन हुने भएको छ । ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुको अध्यक्षतामा विहिबार बसेको बैठकले वैशाख ४ गतेका लागि अधिवेशन गर्ने निर्णय गरेको हो । चैत २० र २१ गतेका लागि तय गरिएको कार्यक्रम जुधेको भन्दै मिति परिर्वतन गरिएको सभापति राकुले जानकारी दिए ।

उनले भने, ‘चैतको अन्तिम सातामा गर्ने कार्यक्रममा तीन महिना अगाडी तय गरिएको कार्यक्रम सँग जुधेको हुनाले सबैको सुझाव अनुसार मिति परिर्वतन गरिएको हो ।’ उनले अगाडी भने, ‘बैशाखमा गर्ने कार्यक्रमको लागि तयारी रहन सबैलाई आग्रह गरिएको छ ।’ उनका अनुसार चैत २८ गते २५औं वार्षिके साधारण सभा हुने छ भने ४ गते अधिवेशन हुने भएको छ । यस अघि ईकाइ र संघको अधिवेशन सँगै भएको थिएन । सभापति राकुका अनुसार ईकाइले हाल सदस्यता र नविकरणको लागि तयारी गरिए रहेको छ । त्यस्तै बैशाख ४ गते हुने तनहँु उद्योग वाणिज्य सङ्घको निर्वाचनको तयारी तिव्र भईरहेको छ ।

यस अकिा वर्षहरुमा पुस महिना भित्रमा हुने गरेको नेतृत्व चयन यसपाली कोभिड र नगर उद्योग वाणिज्य संघको विवादका कारण केही ढिला भएको बताईएको छ । संघमा १२ बजार एकाइ रहेको छ तर सबैले भने सहभागिता जनाउन नपाउने भएको छ । यसअघि सहभागी हुँदै आएका खैरेनीटार, दुलेगौँडा, भिमाद तथा भानु र सत्रसय बजार एकाइले भने यसपालिको महाधिवेशनमा सहभागिता जनाउन नपाउने भएका छन् । संघको आगामी नेतृत्वका लागि वर्तमान प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्र र पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठको चर्चामा रहेका छन् । मिश्रका अनुसार चरणबद्ध रुपमा पद पाएको हुनाले अबको नेतृत्व आफुले पाउनु पर्ने उनको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button