दमौली खानेपानीमा सर्वसम्मत नेतृत्व

सबैको चासोको विषय रहेको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशनमा सर्वसम्मत रुपमा नेतत्व चयन भएको छ । शुक्रबार देखि चलेको अधिवेशनबाट सर्वसम्मत रुपमा वृषराज श्रेष्ठको नेतृत्वमा कार्य समिति निर्वाचित भएको हो । शनिबार सम्पन्न चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा सर्वसम्मत कार्यसमिति निर्वाचित भएका छन् । श्रेष्ठ तनहँु उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । उनि लोकतान्त्रिक धारणाका व्यक्ति हुन् ।

नेपाली काङ्ग्रेस निकट धेरै आकाङ्क्षी भएपनि अन्तिम समयमा आएर वृषराजका पक्षमा सहमति जुटेको थियो । श्रेष्ठ सँगै अध्यक्ष पदका लागि प्रत्यासी रामचन्द्र सापकोटाले उम्मेदवारी फिर्ता लिए पछि श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका नेता सापकोटाले अन्तिम समयमा उम्मेदवारी दर्ता गराएका थिए । आईतबार बिहान ९ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय रहेको थियो । समय अगाडी नै सापकोटाले उम्मेदवारी फिर्ता लिएका हुन् । अधिवेशनले कार्य समितिमा खुलातर्फ विश्वेश्वर सुवेदी, दीर्घबहादुर थापा, ओमबहादुर थापा, इन्द्रध्वज गुरुङ, माधवप्रसाद अधिकारी, क्याप्टेन जगतबहादुर बानियाँ, चिरौकाजी बतासलाई सदस्य निर्वाचित गरेको छ ।

यसैगरी, अधिवेशनबाट महिलातर्फ योगिता कायस्थ, गौकुमारी न्यौपाने, बिन्दु गुरुङ तथा सूर्यकला काफ्ले निर्वाचित भएका छन् । यस अघि अध्यक्षमा दुई तथा खुलातर्फ सात र महिलातर्फ छ सदस्यको उम्मेदवारी परे पछि निर्वाचन समितिले सहमतिका लागि भन्दै दुई पटक समय थप गरेको थियो । सहमति नभएमा दिउँसो एक बजे मतदानको तयारी गरिएकोमा त्यस अघि नै सहमति भएकाले सर्वसम्मत कार्य समिति चयन भएको निर्वाचन समिति संयोजक एवं नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईका अध्यक्ष अमृत नेपालीले जानकारी दिए ।

निर्वाचित भएको औपचारिक घोषणालगत्तै निर्वाचित पदाधिकारीहरुले दमौली बजारमा विजय ¥याली गरेका थिए । विगतमा तीन पटकको नेतृत्व हेर्ने हो भने सबै नेतृत्व लोकतान्त्रिक धारणा भएकाले जितेका छन् । यस अघि अध्यक्ष रहेकी मिरा जोशी व्यास नगरपालिकाको उपप्रमुख हुन् । त्यस्तै विगतका अध्यक्ष शान्तिरमण वाग्ले जिल्ला समन्वय समिति प्रमुख भएका छन् । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो अधिवेशन तथा दशौँ साधारणसभाको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गरेका थिए संस्थाकी निर्वतमान अध्यक्ष मिरा जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button