क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा बिमला

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा बिमला दुवाडी कँडेलक चयन भएकी छन् । जिल्ला समन्वय समिति तनहँुको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट कँडेल निविरोध रुपमा अध्यक्षमा चयन भएकी हुन् । २ वर्षको कार्यकाल रहेने गरि कँडेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले, सहसचिवमा करिष्मा गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता विक र मुना कालिराज विके चयन भएका छन् । यसैबीच, क्रियाशिल महिला पत्रकारहरुको लेखन क्षमता अभिबृद्धिका लागि आयोजित दुई दिने तालिम पनि सम्पन्न भएको छ । शनिबार र आइतबार गरि दुई दिन सञ्चालित सो तालिमको समापन नगरपालिकाको उपप्रमु मिरा जोशीले गरिन् ।संस्थाकी निवर्तमान अध्यक्ष अञ्जना तिमिल्सेनाको अध्यक्षतामा भएको सो तालिममा तनहुँका विभिन्न सञ्चार माध्यममा आवद्ध ३० जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा क्रियाशिल महिला पत्रकारहरु सरिता पंगेनी र दुर्गा अधिकारीले प्रशिक्षण गरेका थिए । यसैबीच, पत्रकारिताको माध्यमबाट महिलाको हक, अधिकार नेतृत्व विकासको लागि योगदान साथै संस्थाको विकास र पेशागत हकहीतका लागि उल्लेख्य भूमिका निर्वाह गरेकोमा संस्थाकी संस्थापक अध्यक्ष सोनी शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button