तनहँुमा संक्रमीतको संख्या पाँच सय नाघ्यो

तनहँुको दुई पालिकामा दुई जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार व्यासमा र ऋषिङमा एक÷एक संक्रमीत थपिएका हुन् । ऋषिङ गाँउपालिका वडा नं का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै व्यास २की ४४ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै तनहँुमा संक्रमीतको संख्या पाँच सय ९ पुगेको छ । जसमा तीन सय ९९ जना उपचार पश्चात निको भएर घर फर्किएका छन् भने एक सय ९ जना संक्रमीतको विभिन्न आईशोलेसनमा उपचार जारी रहेको छ । हाल सम्म तनहँुमा ४ महिला र एक पुरुष गरि पाँच जना संक्रमीतको मुत्यु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button