‘मास्क खै? गोजीमा’

व्यास नगरपालिका वडा नं. ५ बरबोटे निवासी रुपा कुमाल श्रमिक हुन्। घर बनाउने काममा खटिएकी छिन्। ५–७ जना श्रमिक एकै ठाउँमा काम गरिरहेका छन्। तर, उनीहरुको नाक र मुख मास्कले छोपिएको छैन।मास्कबिनै काम गरिरहेका छन्। ‘मास्क लगाउदा सास फेर्न धौ भएजस्तो हुन्छ। बानी परेकी छैन। मास्क घरमै छुट्यो’, कुमालले भनिन् ‘मास्क लगाउनुपर्छ भन्ने थाहा छ। तर, सास थुनिएको जस्तो हुन्छ।’

डल्ले कुमाल पनि श्रमिक हुन्। उनले गोजीमा मास्क राखेर काम गरिरहेको अवस्थामा भेटिए। उनी बोल्न सक्दैनन्। तर, संकेत गरेपछि गोजीबाट मास्क झिके अनि देखाए। श्रमिकहरुलाई मास्क किन लगाउनुपर्छ भन्नेबारे अझै जानकारी पुगेको छैन।आफ्ना लागि भन्दा पनि अरुका लागि मास्क लगाइदिएजस्तो गर्छन्। ‘मास्क सबैले अनिवार्य लगाउनुपर्छ भनेर भनिरहेका छौं। अझ समुहमा काम गर्दा त मास्क लगाउने र दुरी कायम गरेर काम गर्नुपर्छ भनेर बताएका छौं। केहीले नियम पालना गर्नुहुन्छ। धेरै जसो त अटेरी गरेको जस्तो गर्नुहुन्छ’वडा नं. ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले भने, ‘उद्योग, निर्माणको काममा खटिएका सबै मजदुरलाई स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका छौं।’ गाउँ दुरदराजका वस्तीमा स्वास्थ्य सुरक्षाका सावधानी कमै अपनाउने गरिएको छ। गाँउघर तिर कुनै पनि संघ सस्थाले मास्क वितरण जाने गरेका छैनन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button