पर्यटन वर्षलाई स्वागत गर्दै कर्मा व्याण्ड आज दमौलीमा

नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी दमौलीमा दोस्रो महाउत्सव हुने भएको छ । लायान्स क्लब अफ तनहँु दमौलीको आयोजनामा उक्त कार्याक्रम हुन लागेको हो । नयाँ वर्ष सन् २०२० मनाउन पोखरा तथा अन्य ठाँउमा जाने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२० को प्रचार र स्वागत स्वरुप पुस १५ गते साँझ ४ बजे देखि सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिए । गत वर्षमा जस्तै यस वर्ष पनि नयाँ वर्षलाई स्वागत गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनले बताए ।

कार्यक्रमको मुख्य आर्कषन चर्चित बाण्ड्र कर्मा बाण्ड रहेको क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिए । त्यस्तै चर्चिक गायक आल्मोडा राना उपे्रतीको समेत प्रस्तुती रहने उनले बताए । महाउत्सव प्राङगण भित्र १० वटा विभिन्न स्टलहरुले समते  राखिएको छ । कार्यक्रमका संयोजक महेन्द्र रिजालको अनुसार कार्यक्रममा स्थानिय विभिन्न सांस्कृति कार्यक्रम समेत रहेन जानकारी दिए । महाउत्सव बाट मुनाफा भएको रकमबाट क्लबले कपडा बैंकमा कपडाको अभाव व्यवस्थापन गर्ने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button