सामाजिक सञ्जालको नकारात्मक प्रयोग र प्रभाव

– प्रकृति खनाल न्यौपाने
सामाजिक संजालका सन्देश प्रवाह गर्ने माध्यमहरूले पारेको नकारात्मक असर केवल त्यो ब्यक्तिले भोग्छ जो त्यसबाट पिडित  छ । आजभोली सामाजिक सञ्जाल त्यसमा पनि  मुहार पुस्तिका (फेसबुक)को सन्देश आदान(प्रदान गर्न सकिने  माध्यम (म्यासेन्जर)का कारण धेरै ब्यक्तिहरू पिडित छन् । प्रविधिले धेरै आधुनिकता र मानकता थपेको छ तर पनि यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे उच्च पृष्ठभूमि भएका मैहुम् भन्नेलाई पनि याद नहुनुले राष्ट्रमा सकारात्मक सोच परिवर्तन हुन अझै धेरै नै समय लाग्छ की  भन्ने किटान गर्न सकिन्छ । जब मान्छे परिवर्तन हुनु भनेको बाहिरी आवरण मात्र परिवर्तन हुनु होइन भन्ने आजको समयको माग हो । हुन त सामाजिक सञ्जालको एकहोरो सम्प्रेषण धेरै जसो सान्दर्भिक र जानकारि मुलक पनि छन् तर केही शब्द यस्ता हुन्छन् जसले संवेदनशीलता साथ ब्यक्तिलाई मानसिक,संवेगात्मक र सामाजिक असर पारिरहेका हुन्छन् । यसको चर्चा वर्गगत हिसावमा तथा लैङ्गगिक हिसाबमा सबै वर्गलाई पर्ला तर नेपालको सांस्कृतिक चालचलन तथा अवस्थालाई नियाल्दा महिला वर्गलाई नै परेको देखिन्छ ।
यसको नकारात्मक असरले सामाजिक विचलन,पारिवारिक विचलन तथा ब्यक्तिमा संवेगात्मक विचलन हावी भैरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालका कारण आत्माहत्या ,चौरी ,डकैति,तस्करी जस्ता कुसंस्कारहरू दिनप्रतिदिन बढ्दै गएको छ । तर पनि यसलाई सुरक्षित अवतरण  कसरी गराउने भन्ने सन्दर्भमा समाजको प्रतिष्ठित वर्गको अवस्थानै दयानीय हुनुले यसको सुरक्षित अवतरण हुदैन कि भन्ने चिन्ता सम्पूर्ण जनमानसमा फैलिएको छ।प्रोफाइलमा भद्र ,सोभनीय,सत्चरित्र र पदीय भूमिकामा बसेका मान्छेहरू नै एकहोरो रूपमा एकतर्फी कसैलाई उसको चाहना ,इच्छा ,रुचि विपरीत एकहोरो सन्देश पठाउछन् र आफ्नो प्रतिष्ठा सन्तुलन गराउन चाहादैनन् भन्ने तिनीहरूसँग समाजले के अपेक्षा गर्ने ?  एकहोरो रूपमा अनावश्यक सन्देश सम्प्रेषण गरेर दुख दिनु भनेको नैतिकता हराम हो भनेर हाई प्रोफाइलकै ब्यक्तित्वलाई बुझाउनु पर्ने आवश्यकता देखा पर्नु भनेको लाजमर्दाे कुरा हो । समाज परिवर्तन गर्छु भनेर लाग्ने वर्ग भनेको आइडल हुनु पर्छ उसबाट समाजका धेरै ब्यक्तिहरूले सकारात्मकता,नैतिकता,मानवता जस्ता सत्कर्म सिकुन् ।
सकारात्मक वानी लागू गरून् तर अरूलाई दिक्क नै लाग्ने गरेर  संवेगात्मक असर पर्ने गरी  सन्देश प्रवाह गर्ने काम मा सचेत हऔं । ,म बुज्रुक हु, म प्रतिष्ठित हु,म समाजको अगुवा हु भन्ने मान्छेले त्याग्न जरूरी छ र यश सम्वन्धमा जनचेतना प्रवाह गर्न जरूरी छ । तपाईंलाई तपाईंको सन्देश प्रवाह गरेको साथीले प्रतिक्रिया दिनुहुन्छ भने ठिक छ तपाईं सन्देश आदानप्रदान गर्न सक्नुहुन्छ किनकी त्यो तपाईंको ब्यक्तिगत स्वतन्त्रता हो  तर तपाईले १०पटक हेल्यो भन्दा हाइ पनि भन्दैन कसैले भनी बुझ्नुस् तपाईंका हेल्यो शब्दले उसलाई पीडा भैरहेको छ । उसलाई तपाईंका  नैतिकता,तपाईंका आवरणिक पन देख्दा नौटङ्की लागेको छ तपाईंको प्रोफाइल घृणित हो भनेर प्रकाशित नै  गर्ने हो कि भन्ने झोक चलेको छ ।
सन्दर्भ नेपाली समाजका महिला वर्गलाई फेसबुक म्यासेन्जरले पारेको नकारात्मक असर धेरै प्रतिष्ठित मान्छे मुहार पुस्तिका(फेसबुकमा) एकअर्कामा जोडिएको(म्याचुएल)पाउँछ लाग्छ उ कोही मेरो आफन्त होला ,मेरो मार्गदर्शन होला,मेरो शुभेच्छुक होला उसले मेरो जीवनमा सकारात्मक भूमिका खेल्ला तर वास्तविकता फेरि अनावश्यक शब्द सम्प्रेषण गर्दै शाब्दिक रूपबाट संवेगात्मक हिंसा कहिलेसम्म सहने? अरू भन्दा नी अनौठो कुरा राष्ट्र परिवर्तन गर्न कस्सिएका योद्धाहरू,हाई प्रोफायलका ब्यक्तित्व भन्न रूचाउनेहरू,सामाजिक अभियान्ता भन्न रूचाउनेहरू,आफुलाई विभिन्न औपचारिक कार्यक्रममा मञ्चमा देखिन पाए हुन्थ्यो भन्ने चाहाना हुनेलाई सम्पूर्ण पिडित वर्गको माग भनेको तपाईंहरू आवरणमा मात्र होइन ब्यवहार र ब्यबस्थापनमा पनि सच्चिन सिक्नुहोस, सधैको समय र परिस्थिति तपाईं अनुकुलको नहुन पनि सक्छ ।  तपाईंले कमाएको प्रतिष्ठा यस्तै नकारात्मक हर्कतले साइड लाग्न सक्छ त्यसैले समाजको विचलन र सकारात्मक परिवर्तन गर्नु आजको माग हो त्यसवारे जनचेतना फैल्याई पिडित पक्षलाई राहत दिनु सम्पूर्ण शिक्षित वर्ग, राज्यपक्ष,सामाजिक कार्याकर्ता,कुशल नेतृत्वको कर्तव्य ,उत्तरदायित्व र जिम्मेवारी हो यसलाई हिंसामुक्त सोचबाट हटाउन हामी सम्पूर्ण नागरिक समाज पनि सचेत हुन जरूरी देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button