ज्येष्ठ नागरिक दिवसमा आश्रमलाई सहयोग

ज्येष्ठ नागरिक दिवसको अवसरमा दुई संस्थाले बिहीबार आश्रमलाई सहयोग गरेका छन् । इनरह्विल क्लव अफ दमौली र रोटर्याक्ट क्लव वेदव्यासले व्यास नगरपालिका(् ५ चापाघाटस्थित रहेको वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेका हुन् । इनरह्विलका अध्यक्ष आशा बानिया‘ र रोटर्याक्टका अध्यक्ष सन्जु घलेले रु २० हजार एक सय पाँच रुपेया आश्रमकी कार्यवाहक अध्यक्ष सकुन्तला आलेलाई संयुक्त रुपमा हस्तान्तरण गरे े ।

ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै इनरह्विलका अध्यक्ष बानियाँले महिलाले सञ्चालन गरेको आश्रम जिल्लामै उदाहरणीय बन्न सफल भएको चर्चा गरिन् । त्यस्तै रोटर्याक्ट क्लव अफ वेदव्यासकी अध्यक्ष घलेले ज्येष्ठ नागरिकलाई हेलाको दृष्टिले हेर्न नहुने बताउँदै क्लवको पहिलो सहयोग आश्रमबाट शुरु गरिएको जानकारी दिईन् । आश्रमकी कार्यवाहक अध्यक्ष आलेले विभिन्न सङ्घसंस्था र व्यक्तिहरुको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको भन्दै सहयोगप्रति आभार व्यक्त गरिन् ।

यसैबीच रोटर्याक्ट क्लब अफ वेदव्यास र वल्डलिङक कम्युनिकेशन दमौली शाखाको सहकार्यमा आश्रममा निशुल्क इन्टरनेट जडान गरिएको छ । आश्रममा रहेका वृद्धवृद्धाहरुलाई ईन्टरनेटको पहँुचमा ल्याउनको लागि इन्टर नेट जडान गरिएको क्लबकी अध्यक्ष घलेले बताईन् । उनले भनिन्,‘हामीले केही दिन अघि मोबाईल चलाउन देखि समान्य लेखपढ गर्न सक्ने गरि सिकाएका थियौ, अब सबैले मोबाइलमा युटुबबाट भजन लगायत अन्य मनोरञ्जनका भिडियो हेरेर दिन दिन बिताउन सक्नु हुन्छ । ’ क्लबमा रहेका केही सदस्य वल्डलिङकमा कार्यरत रहेको हुनाले आश्रमको लागि निशुल्क नेटल प्रदान गरिएको उनले बताईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button