राष्ट्रपतिले गरिन् संसद् विघटन के भन्छन् स्थानिय तहका जनप्रतिनिधी ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार संसदको प्रतिनिधी सभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको मिती घोषण गरेकी छन् । यो कदमको सर्वत्र बिरोध भईरहेको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधीसंगै नेता कार्यकर्ता ओलीको कदमको बिरोधमा लागेका छन् । सामाजिक सञ्जाल देखी चोक, चौतारी, चिया पसलमा गफिनेहरुले संसद विघटको बिषयमा वहस गरेका छन् ।

तनहुँका स्थानिय तहमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधीले यो घटनाले आम नागरिकलाई निराश बनाएको बताएका छन् । ५ बर्षसम्म स्थिर सरकार बन्ने र बिकास निर्माणले गति पाउने आशमा दिएको जनमतको कदर नभएको उनीहरुको भनाई छ ।

दमौली खबरसंगको टेलिफोन कुराकानीमा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले केही नेताको व्यक्तिगत स्वार्थका कारण जनताले चाहेको स्थिर सरकार र दिगो बिकासको सपना पुरा हुन नपाएको दुखेसो गरे । उनले अगाडी थपे, ‘जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गर्ने काम भएको छ ।’ स्थानिय, प्रदेश र संघ सरकार एउटै माला भएकाले अब आफुहरुलाई काम गर्न अप्ठ्यारो पर्ने उनी बताउँछन् । हाल भईरहेको बिकासको गतिमा बाधा आउने उनको बुझाई छ ।

भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले इतिहासमा जनताले बिकास गर्नलाई दुई तिहाई मत दिएर ५ वर्षसम्मलाई पठाएकोमा बिचमै संसद विघटन हुनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘स्थानिय सरकार सञ्चानार्थ पर्याप्त अधिकार दिईएको छैन् । ऐन कानुन संशोधन गर्दै अधिकार प्रदान गर्नुपर्ने बेला यसो नहुनुपर्ने हो’, उनले भने । मेयर थापाले अब बैशाखमा हुने निर्वाचनले स्थानिय तहको चौतर्फी बिकासमा बाधा पु¥याउने उल्लेख गरे ।

शुक्लागण्डकी नगरपालिका–१२ का वडा अध्यक्षले संसद विघटनले सम्बृद्धिको यात्रामा बाधा पु¥याएको धारणा राखे । उनले भने, ‘संघिय शासन व्यवस्थामाथि कुठराघात भयो । राजनितिक अस्थिरता बढाउने त निश्चित नै छ ।’

जनतामाझ जाने आधार रहेन ः खान

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद कलिला खानले संसद विघटनको घटनाले अब आफूहरु जनतामाझ जाने आधार गुमेको बताएकी छन् । दमौली खबरसंगको कुराकानीमा उनले भनिन्, ‘सम्बृद्ध नेपाल बनाउने जनताको सपना साकार पार्न नसकिएकोमा दुख लागेको छ ।’ पार्टीको आन्तरिक विवादले जनताले दिएको मतको धज्जी उडाएको उनले आरोप लगाईन् ।

खानले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको हित विपरित काम गरेको टिप्पणी गरिन् । प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विवके प्रयोग गर्दै रोक्नुपर्ने उनको भनाई छ ।

अब हुने आम निर्वाचनमा नेकपाको दुई तिहाई मत आउने सम्भावना घटेको उनले बताईन् छ । मुलुक दुर्घटनाको मोडमा अगाडी बढेकाले राष्ट्रपतिले अभिभावकको भुमिका निर्वाहा गर्दै दुर्घटनाबाट बचाउनलाई पहल कदमी चाल्नुपर्ने खानको सुझाव छ ।

केपी शर्मा ओली इतिहासको खलपत्र ः कोईराला

नेकपाकी केन्द्रिय सदस्य एवम प्रदेश सभा सदस्य आशा कोईरालाले केपी शर्मा ओलीले संसद विघटन गरेर इतिहासको खलपात्र बनेको बताएकी छन् । ओलीले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको टिप्पणी गरिन् । शुक्लागण्डकीको भाटडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै हालसम्मको आन्दोलनलाई कुल्चिएर ओलीले नेपाली जनता र राष्ट्रमाथी कुठराघात गरेको उनको भनाई छ । कोईरालाले ओलीको कदमले जनताको उपलब्धीलाई प्रतिगमनतिर धकलेको बताईन् । प्रसिद्धी पाएपछि ओलीमा घमण्ड बढेर स्वच्छाचारी भएको आरोप लगाईन् । जनमत भन्दा ठुलो अरु केही नभएकाले जनमतको सही कदर गर्नुपर्ने उनको भनाई छ ।

तनहुँमा बिरोध प्रदर्शन

संसद विघटनविरुद्ध तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, कार्यकर्ता विरोध प्रर्दशनमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् ।

आईतबार साँझ दमौलीमा भएको बिरोध प्रदर्शनमा संघिय सांसद एवम नेकपाकी नेतृ कलिना खान, नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ लगायत सहभागी थिए । प्रदर्शनमा सहभागीले संसद विघटनको असंवैधानिक कदम खारेज गर’, पार्टी एकता जिन्दावाद, सर्वसत्तावादी कदम खारेज गर, संसद विघटन जनमतको धोका हो लगायतका नारा लगाएका थिए ।

यस्तै संसद विघटनको बिरोधमा तनहुँको दुलेगौँडामा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नारा लगाएका छन् । आईतबार अपरान्ह नेकपाका युवाहरुले दुलेगौँडाको विपीचोकमा पृथ्वीराजमार्ग अबरुद्ध पार्दै बिरोध प्रर्दशन गरे । बिरोधमा सहभागीले ओली बिरुद्ध चर्को नारा लगाए । उनीहरुले केपी ओली मुर्दावाद, प्रतिगामी कदम मान्दैनौँ, संघिय गणतन्त्र जिन्दावाद भन्दै चर्का नारा लगाए ।

बिरोध सभामा बोल्दै नेकपा जिल्ला सचिवालय सदस्य खुुमबहादुर विक (राजु) ले एकपक्षीय ढंगबाट ओलीले संसद विघटन गरेको आरोप लगाए । उनले भने, ‘यो असंवैधानिक कदम हो । तुरुन्त फिर्ता लिनुपर्दछ ।’ उनले दुई तिहाईको शक्तिशाली सरकारले जनअपेक्षा अनुसारको काम गर्नुको सट्टा ओली सर्वसत्तावाद हावी भएको टिप्पणी गरे । ओलीको कदमले पार्टीपंक्ति मर्माहत भएको बताए ।

जिल्ला कमिटि सदस्य दुर्गाकुमार श्रेष्ठले केपी ओलीको बदमासीलाई पार्टी एकताको नाममा सहेको अब नसहने बताए । उनले संसद विघटनको बिरुद्ध डटेर मुकाविला गर्ने जनाए । अनेरास्वियु जिल्ला सदस्य मनोज बानियाँले जनताको अमुल्य मतको कदर नभएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button