राना बचाउ अभियानमा उठ्यो रु.६ लाख बढि सहयोग

तनहुँको व्यासनगरपालिका–१४ कुलुङ केशवटार निवासी दुबै मिर्गौला पीडित सन्तोष रानालाई शनिबार रु.६ लाख ५८ हजार आठ सय चौविस आर्थिक सहयोग गरिएको छ । व्यासनगरपालिका–१४ केशवटारका युवाहरुको सक्रियतामा थालेको ‘सन्तोष राना बचाउ अभियान’ अनुरुप संकलन भएको रकम अभियानका संयोजक युवराज आलेले उक्त रकम रानालाई हस्तान्तरण गरेका हुन् । उक्त रकम वडाध्यक्ष काजीमान श्रेष्ठको रोहबरमा रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले दुखदको समयमा सरकार र समाज दुबैको सहयोग उत्तिकै आवश्यक हुने बताए ।

युवाहरुले जुन अभियान थालेर उक्त रकम संकलन गर्नु भयो त्यो प्रशंसानीय कार्य रहेको बताए । त्यसैगरी शनिबार नै इनरव्हील क्लब अफ दमौलीद्धारा शनिबार जिल्लाको व्यासनगरपालिका–१४ निवासी मिर्गौला पीडित सन्तोष रानालाई आर्थिक सहयोग गरेको छ । क्लबकी अध्यक्ष आशा बानियाँ सचिव शर्मिला श्रेष्ठ लगायतको नेतृत्वको टोलीले उक्त बीस हजार दुई सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको अभियानका सदस्य लक्ष्मण आलेले जानकारी दिए । मृगौला फेल भए पनि आर्थिक अभावका कारण उपचार गर्न नपाएका रानालाई केहि दिन अघि मात्रै बेलायतमा बस्दै आएका नेपालीहरुले दुई लाख रुपैयाँ आर्थिक सहयोग भएको थियो ।

रानाको उपचारका लागि मगर समाज बेलायत अन्तर्गत जीवन थापाको सक्रियतामा आर्थिक संकलन अभियान थालिएको थियो । बेलायतबाट पनि उल्लेख्य मात्रामा आर्थिक संकलन भएको थापाले बताए । सन्तोषको उपचारका लागि बन्दीपुर–१ डुम्रे निवासी अपाङ्गता भएका अशोक थापाले दुई हजार पाँच सय सहयोग गरेका थिए । आफैं अपांगताको समस्यासँग जुधिरहेका थापाले सन्तोषको उपचारका लागि सबै क्षेत्रबाट सहयोग भैरहेको जानकारी पाएपछि आफुले पनि थोरै भएपनि सहयोग गरेको उनले बताए । यसैगरी व्यासनगरपालिका–१४ कुलुङ घर भै हाल पोखरा बस्दै आएका होम आलेले पनि सन्तोषको उपचारका लागि रु.६ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । सन्तोषको उपचारका लागि यस अघि अमेरिकामा अनलाईनमार्फत सांगितिक कार्यक्रम गरेर पनि सहयोग संकलन गरिएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button