न्यूरोडबासीले बनाए, नमुना प्रवेशद्धार

तनहुँको सदरमुकाम दमौली स्थित व्यासनगरपालिका–२ न्यूरोड टोलमा नमुना प्रवेशद्धार निर्माण गरिएको छ । व्यासनगरपालिकाको रु.पाँच लाख र टोलबासीको रु.एक लाख ५० हजार जनसहभागिता गरी कूल रु.छ लाख ५० हजारको लागतमा उक्त प्रवेशद्धार निर्माण कार्य सम्पन्न गरिएको हो । डिजिटल प्रविधिको डिस्प्ले राखेर दमौलीको तापक्रम मापन तथा घडि राखेर समयको बारेमा जानकारी र सुचना दिने उद्देश्यले प्रवेशद्धार निर्माण गरिएको न्यूरोड टोल बिकास संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । उक्त प्रवेशद्धारमा व्यासगुफा,पराशर गुफा, छाब्दी बाराही मन्दिर,बुद्धसिंमार्ग जाने किलोमिटर दुरी र कसरी जाने भन्ने बारेमा सुचनामूलक जानकारी राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दिनमा मात्रै नभई रातको समयमा पनि प्रष्ट देखिने गरी डिजिटल प्रविधिको डिस्प्ले राखिने छ । उनले भने, ‘सर्वसाधारणहरुले समेत दमौलीको कति डिग्री सेल्यिस तापक्रम छ भन्ने कुरा सजिलै थाहा पाउन सक्ने व्यवस्था गरिने छ ।’ सदरमुकाम दमौली र आसपास क्षेत्रमा रहेका धार्मिक,ऐतिहासिक एवं साँस्कृतिक क्षेत्रमा घुम्न आउँने आन्तरिक र बाह्य पर्यटकहरुका लागि लक्षित गरी सुचना लिन सहज बनाउने उद्देश्यले प्रवेशद्धार निर्माण गरिएको हो । उक्त प्रवेशद्धारमा आएपछि आन्तरिक एवं बाह्य पर्यटक तथा सर्वसाधारणहरुलाई कुन ठाउँमा जान कति दुरी छ,कसरी जाने भन्ने बारे जानकारी पाउन सकिने हुँदा गन्तव्यमा पुग्न सहज हुने बिश्वास गरिएको प्रवेशद्धार निर्माण समितिले जनाएको छ ।

दमौली आसपास क्षेत्रका धार्मिकस्थल,ऐतिहासिक र साँस्कृतिक क्षेत्रमा जाने मार्गको संकेतका साथै दुरी उल्लेख गरिने बताइएको छ । दमौली भित्र रहेका टोलहरु मध्ये न्यूरोड टोललाई नमुना टोल बनाउने गरी काम गरिएको उक्त टोल बिकास संस्थाका सचिब दिनेश कुमार श्रेष्ठले बताए । प्रबेशद्धार निर्माण पश्चात उक्त टोलमा ठुला सवारी साधान प्रवेशमा रोक लगाउने योजना रहेको छ । व्यवसायीहरुको सामान तथा सामाग्री ढुवानी गर्दा रिक्सा मार्फत पसल पसलसम्म सामान पु¥याउने व्यवस्था गरिने सो संस्थाले जनाएको छ ।

बजार क्षेत्रमा हुने मेला महोत्सवको समयमा समेत प्रवेशद्धार निर्माण गर्ने झन्झटबाट मुक्ति पाउँने गरी प्रवेशद्धार निर्माण गरिएको हो । दमौली बजार क्षेत्रमा कहिकतै तापक्रम मापन सहितको प्रवेशद्धार आवश्यक देखिएको हुँदा व्यासनगरपालिका संग समन्वय गरी उक्त प्रवेशद्धार निर्माण गरिएको संस्थाका कोषाध्यक्ष सुरेशचन्द्र घिमिरेले बताए । उनका अनुसार पैसा पुगनपुग भएमा टोलबाटै पैसा ब्योहोरिएको छ । उक्त प्रवेशद्धार मनसुन इन्जिनियरीङ पोखराले निर्माण गरेको बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button