गण्डकी प्रदेश खेलकुद विधेयक पारित, २५ सदस्यिय वोर्ड गठन हुने

गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेलकुद विधेयक वुधवार पारित भएको छ । गण्डकी प्रदेश सभाको ५७ औं वैठकवाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले संघिय खेलकुद ऐन सँग नवाझिने गरि प्रदेश सभावाट विधेयक सामान्य संसोधन सहित पारित गरेको मन्त्री नरदेवी पुनले बताईन् । यहि असोज ५ गते प्रदेश सभामा दर्ता भएको खेलकुद विधेयक विधायन समितीमा सामान्य संसोधन सहित पारित भएको विधायन समितीका सभापती एवम गण्डकी प्रदेश सांसद मोहन रेग्मीले जानकारी दिए । उनका अनुसार वोर्डमा रहने १९ सदस्यियवाट बढाएर २५ सदस्यिय वनाइएको छ । उनले भने–“विधेयकमा उल्लेख गरिएको सवै कुराहरु जस्ताको तस्तै छन, वोर्ड सदस्य मात्रै वढाइएको छ ।”

विधेयक पारित भए सँगै प्रमाणिकरणका लागी करिव २ साताको समय लाग्ने मन्त्री पुनले बताईन् । उनले भनिन्–“प्रमाणिकरण लगतै सदस्य सचिब छनोटका लागी समिती गठन हुनेछ ।” विधेयकमा सदस्य सचिव छनोटका लागि ३ सदस्यिय समिती गठन गर्ने प्रावधान रहेको छ । गण्डकी प्रदेश खेलकुद विकास समितीको सदस्य सचिव वन्नका लागि ६० वर्ष उमेर हद तोकिएको छ भने स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । त्यसै गरि प्रदेश खेलकुद सञ्चालन गर्न सदस्य सचिब सहित ५ सदस्यिय कार्यकारी वोर्ड समेत रहनेछ भने वोर्डको कायकाल ४ वर्षको हुनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button