बिरामी पितालाई भेटन् जाँदा कोरोनाले ज्यान लियो

कोरोना संक्रमणको कारण तनहँुमा थप एक जनाको मुत्यु भएको छ । भीमाद ६ का ७१ वर्षका वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको हो । आफ्ना ९८ वर्षिय बिरामी पितालाई भेट्न गएका लागि चितवन मेडिकल कलेज गएका उनका कोरोना पुष्टि भएको थियो । भाईकै घरमा होम आइसोलेसन बसेका उनलाई गाह्रो भए पछि उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको हो । ती वृद्धको चितवनको देवघाटमा नेपाली सेनाले सोमबार अन्त्येष्टि गरेको बताईएको छ । त्यस्तै तनहँुमा मंगलबार नौ जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अनुसार भिमादमा४, व्यासमा ३ र देवघाटमा र घिरिङ गरि दुई जना कोरोना संक्रमीत थपिएका हुन् । भिमाद ६को एकै वडका ४ पुरुषमा कोेरोना संक्रमण पुष्टि भएको हो ।

एकै वडका ३८,२०,१८ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । संक्रमीतहरु कन्ट्राक टेसिङ आधारमा फेला परेको हो । त्यस्तै व्यासमा भने दमौली अस्पतालको कर्मचारी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । व्यास ३का २३ वर्षीय, व्यास २ का ७० वर्षिय पुरुष र व्यास १ की ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास ३ का २३ वर्षीय पुरुष भने दमौली अस्पतालको कर्मचारी हुन् । त्यस्तै व्यास १ की महिलाले पोखरामा फिभर क्ल्नििकबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै देवघाटको पाँच नं वडाकी ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । घिरिङ गाँउपालिका ४ को २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button