एक करोडको लागतमा करमकाठमा फुटसल निर्माण

 

दमाली खबर संवाददाता
फागुन १०

पछिल्लो समय युवामाझ लोकप्रिय बनेको छ, फुटसल। यसको लोकप्रियता बढ्नुको कारण हो– इन्डोर खेल्न सकिनु। सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ। यसैकु्रालाई मध्येनजर गदै तनहूँका युवाहरुले व्यास १ करमकाठमा फुटसल निर्माण गरेका छन् । पाँच जनायुवाहरुको समुहमा उक्त फुटसल निर्माण गरिएको हो । फुटसलको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरे । सिमित स्रोत साधनका बाबजुद पनि नेपाली खेलाडिहरुले राम्रो गरिरहेको समयमा निजी क्षेत्रबाट खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्नुलार्ई प्रशंसा योग्य काम भएको उनले बताए । तनहँुलाई खेलकुदको हवका रुपमा समेत विकास गर्न यसले पनि थप टेवा पुग्ने नगरप्रमुख न्यौपानेको विश्वास छ । युवाहरुमा समेत फुटसल खेल लोकप्रीय बन्दै गएको समयमा यहाँका युवाहरुलाई फुटसल खेल्न समस्या नहोस भन्नका लागि फुटसल निर्माण गरिएको सञ्चालक समितिका अध्यक्ष सन्तोष दरैले बताए । स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई फुटसल कोर्टले आत्मसाथ गर्ने सञ्चालक दरैले बताए । व्यस्त दैनिकीका बीच छोटो समयमा शारीरिक व्यायाम हुने र मनोरञ्जन पनि हुने भएकोले यसमा आकर्षण बढ्ने उनको विश्वास थियो । दमौलीमा फुटबलको क्रेज पनि उच्च रहेको आँकलन गर्दै फुटसल कोर्ट स्थापना गरिएको उनले जानकारी दिए ।

सञ्चालक दरै भन्छन्, ‘फुटसलले शारीरिक रूपमा तन्दुरुस्त राख्नुका साथै स्वास्थ्यको क्षेत्रमा पनि आराम मिल्नेछ,’ दरैले भने, ‘फुटसल खेल्नेलाई मात्र होइन, हेर्नेलाई पनि उत्तिकै आनन्द आउँछ।’ । उनले भने ‘जोसिला युवाहरू मिलेर फुटसलसंचालनमा ल्याएका हौं।’मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ। फुटसल सन् १९३० मा ब्राजिलबाट औपचारिकरूपमा सुरु भएको हो। फुटबलकै सानो रूप मानिने फुटसल इन्डोरमा खेलिन्छ । फुटसल पिच ४०र२० मिटरको हुन्छ।फुटसल खेल्न एक समूहमा पाँच जना चाहिन्छ। फुटसलका धेरैजसो नियम फुटबलसँग मिल्ने भए पनि यो खेल्ने ठाउँलाई फुटसल पिच भनिन्छ भने फुटसल बलबाट मात्र खेलिन्छ। हलभित्रै खेलिने भएकाले यसलाई ‘इन्डोर फुटबल’ पनि भनिन्छ। फुटसलका अधिकांश नियम फुटबलसँग मेल खान्छन्। तर, थ्रो गर्दाको नियम भने फरक छ। फुटबलमा हातले थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button